इलाम नगरपालिकामा लम्पी स्किन डिजिजको खोप लगाइने

 २३ बैशाख २०८०, शनिबार 


इलाम । इलाम नगरपालिकाले बैशाख २३ गतेदेखि १२ वटै वडाहरुमा लम्पी स्किन डिजिजको खोप लगाउने भएको छ ।
शुक्रबार इलामनगरपालिकामा मेयर केदार थापाको अध्यक्षतामा बसेको बैठकमा खोप लगाउने निणर्य भएको हो ।
अघिल्लो पटक नगर उपप्रमुख विष्णु दहाल लिम्बूको अध्यक्षतामा बसेको बैठकले खोप खरिद गर्नको लागि नगरका सबैजनप्रतिनिधिहरुले १ महिनाको पारिश्रमिक उपलब्ध गराउने निणर्य गरेको थियो ।
स्वास्थ्य शाखा प्रमुख रुपमान लिङदमका अनुसार यो खोप लम्पी स्किन डिजिजबाट संक्रमित भएको पशुलाई लगाउने नभई उक्त रोगप्रतिरोधी खोप भएको बतानुभयो ।
उक्त खोप पहिलो चरणमा गर्भवती गाई, लैनो गाई, एक वर्ष माथिका कोरली गाईलाई मात्र भ्याक्सिनलगाई अन्य गाईगोरुलाई दोस्रो चरणमा लगाईनेछ ।
लम्फी स्किन डिजिज रोग नियन्त्रणको कार्यमा सहयोगको लागि रत्नकुमार बान्तवाप्राविधिक शिक्षालय, नगरमा सञ्चालित सहकारी संस्था र एग्रोभेटहरुलाई अनुरोध गरेको छ ।
नगरपालिकाले खेप खरिद गरेर सवै वडामा शनिबार विहानबाट खाेप समेत लगाउन शुरू भइसकेकाे इलाम नगरपालिकाका प्रवक्ता नुतनदेव दुलालले जानकारी गराए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment