प्रतिबद्धता पुरा गर्दै रोङ ६ का वडाध्यक्ष, टोल टोलमै स्वास्थ्य सेवा

  • गोबिन्द पौडेल 

रोङ, ७ जेठः  चुनावी प्रतिबद्धता अनुसार वडाको हरेक टोलवासीले सहज स्वास्थ्य  सेवा पाउन थालेका छन्  । भौगोलिक बिकटता रहेको रोङ गाउपालिका ६  मा हरेक महिना टोल स्तरिय घुम्ती स्वास्थ  सेवा सचालन गर्ने प्रतिबद्धता  गरेका वडाध्यक्ष सत्यम राई चौरासेले वडाका जनशक्ति परिचालन गर्दै करिव दर्जन  भन्दा बढि स्थानमा घुम्ति स्वास्थ सेवा सचालन गर्न थालेपछि असक्त,जेष्ट नागरिक,दिर्घरोगि गरि हालसम्म करिव ९ सय पचासको सख्याले सहज स्वास्थ्य  सेवा पाइसकेको वडासचिव एव स्वास्थ्यकर्मी  लेनिन खतिवडाले बताए ।
भोगोलिक बिकटता र ठुलो भुगोल रहेको वडा नम्बर ६ मा एक स्वास्थ्य चौकि,एक आधारभुत स्वास्थ्य केन्द्र,र एक सामुदायिक स्वास्थ्य  ईकाईमा सातजना स्वास्थ्यकर्मीहरु रहेका छन्    यिनै जनशक्तिको प्रयोग गरि खारखोला,बन्सुवा पाटापुर,लामिटार,कुवापानि जौवारि,पुमाटोल,थर्पुबजार,साजबोटे,रामभेडे लगायतका दुर्गम  टोलहरुमा सेवा प्रवाह गरिने गरिएको छ । वडाको कार्ययोजना अनुसार टोलमा गएर सुगर प्रेसर खासगरि परामर्षको सेवाहरु र अति अशक्त र जेष्ट नागरिकहरुको घरघरमै गएर सेवा प्रवाह गर्ने गरेको रम्भ्याङ आधारभुत स्वास्थ्य  केन्द्रका प्रमुख बिकाश गजमेरले बताए ।
चुनावी प्रतिबद्धता  बिर्सने नेताहरु अनगन्ति रहेपनि गुनासो आएपनि आफुले सिमित साधन र श्रोतको प्रयोग गरेर भएपनि  सकेसम्म पुरा गर्न लागिपरेको वडाध्यक्ष सत्यम राईको भनाई रहेको छ ।यता आफुहरुले सहज रुपमा स्वास्थ सेवा नियमित रुपमा पाउन थालेपछि धेरै सहज भएको ८२ बर्षिय जेष्ट नागरिक शेर बहादुर घिमिरेले वताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment