प्रवासी इलामेली समाजद्वारा माईका विपन्नलाईखाद्यान्न र नगद सहयोग


इलाम, ८ जेठः  प्रवासीले आर्थिक विपन्न रहेका माई नगरपालिका वडा नम्बर–४ शुक्रबारेका एघार परिवारलाई खाध्यान्न र दुई जनालाई आर्थिक सहयोग गरेको छ ।
प्रवासी इलामेली सेवा समाज कुबेतका संयोजक चक्र कुलुङ्ग राईका अनुसार जानकारी कमजोर आर्थिक अबस्था भएका चुडामणि पौड्याल र राजु राईलाई नगद सहयोग गरिएको छ भने भवानी खनाल, नर बहादुर राई, पवि धिमाल, धन बहादुर राई, विष्णु बहादुर राई, हर्क तुम्वाफो लगायत ११ परिवारलाई चामल खाध्यान्न सहयोग गरिएको छ।
संयोजक राई घर आएको सन्दर्भ पारेर बिपन्न परिवारलाई सहयोग गरेका हुन्। खाध्यान्न र नगद सहयोग संयोजक राई, माई( ४ का वडा सदस्य लेखमाया राई, नमुना सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष केशब दहाल, समाजसेवी नेतृ मिना राई, पत्रकारहरु हरि असिम, बुद्धराज योङहाङ, विमल दहाल लगायतको उपस्थितिमा बितरण गरिएको थियो। प्रवासी नेपाली इलामेली सेवा समाज कुवेतले कमजोर आर्थिक अवस्था रहेका दर्जनौं ब्याक्तिलाई स्वास्थ्य, खाध्यान्न र नगद सहयोग गर्दै आएको छ ।
यता माई(५ घर भई हाल काठमाडौँमा वस्दै आउनु भएकी समाजसेवी पुनम फागोको समन्वयमा माई (५ निवासी मृगौला पिडित ऐतरानी वनेम लिम्बूलाई आर्थिक सहयोग गरिएको छ। पिडित वनेम लिम्बूलाई समाजसेवी फागोको समन्वयमा संकलित रकम ‌‌१ लाख २६ हजार २ सय ७५ नगद प्रदान गर्नु भएको छ। संकलित रकमलाई शुक्रबार माई(५ का वडा अध्यक्ष भुपेन्द्र पुर्वछाने मगरको उपस्थितिमा वितरण गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment