इलामको सन्दकपुर–३ मा ग्याँस विस्फोट भई आगलागि हुँदा एक घर जलेर नष्ट


इलाम, २० बैशाखः इलामको सन्दकपुर गाउँपालिका–३ सुलुबुङमा सिलिन्डर ग्याँस विस्फोट हुँदा एक घर जलेर नस्ट भएको छ । स्थानीय लोकनाथ पाठकको टिन र काठले बेरा गरेको एकतले घर पूर्ण रुपमा जलेर नष्ट भएको हो । आगलागि भए पछि स्थानीयको सक्रियतामा  आगो नियन्त्रणमा आएको छ । मानवीय क्षति हुन नपाएपनि घरभित्रका अन्न,लत्ता कपडा,महत्वपूर्ण कागजात र नगद जलेर खरानी भएको ढकालले बताएका छन् । शुक्रबारको छोरीको शुभ विवाहको तयारी गरिरहेका लोकनाथको घरमा आज अचानक आगलागी भएर घर जलेर नष्छ भएको छ । दुर्घटनाबाट कति क्षति भयो भन्ने पुरा विवरण आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment