इलाम नगरपालिका १ साँखेजुङमा बाटो उपभोक्ताको मासिक एक दिने श्रमदान कार्यक्रम शुरु, पहिलो दिनमै सय वढीको सहभागिता


इलाम, २३ बैशाखः इलामको इलाम नगरपालिका १ साँखेजुङमा अनिर्वाय महिनाको एक दिन श्रमदान कार्यक्रम शुरु भएको छ । शनिबारबाट वडा कार्यालयको संयोजकता र दुइवटा बाटोका उपभोक्ता समितिको आयोजनामा शुरुभएको यो कार्यक्रम आउँदा दिनमा साँखेजुङका सवै बाटोहरुमा शुरु गर्ने पनि वडा अध्यक्ष गायत्रीराम वस्नेतले जानकारी गराए । 

वडा अध्यक्षले उद्घाटन गरेको श्रमदान कार्यक्रममा शनिबार  घडेरी खोला गैरीवास सडक र लिमलिमा सेती धारा सडकका उपभोक्ता समितिका उपभोक्ता र इलाम १, साँखेजुङवासीहरुको सहभागिता रहेको थियो । श्रमदान गर्न एक सय भन्दा वढी स्थानीय सहभागि भएका थिए । उनीहरुले ४ किलोमिटर सडकमा श्रमदान गरेका थिए ।
साँखेजुङका सडक मध्येको सवै भन्दा पुरानो सडकको रुपमा रहेको घडेरी खोला गैरीबास सडक लामो समय सम्म अलवेदर नभएकोले अव यो सडकलाई अलवेदर बनाउन आफुलागी पर्ने पनि अध्यक्ष वस्नेतले वताए । 
एकै दिनमा १०० जना सहभागिता रहेको श्रमदान कार्याक्रमा नेपाल सरकारले तोकेको श्रम अनुसार ५० हजार भन्दा वढीको श्रमदान गरेका छन् । 
श्रमदान कार्यक्रममा साँखेजुङका ७० वर्षिय समाजसेवी ओमबहादुर ढकाल, घडेरी खोला गैरीवास सडकका उपभोक्ता समितिका अध्यक्ष धनराज दाहाल, लिमलिमा सोतीधारा सडकका उपभोक्ता समितिका अध्यक्ष गिरी वहादुर राईको सक्रिय सहभागिता रहेको थियो । श्रमदानमा सविक साँखेजुङ वडा नम्बर २ का पूर्व वडा अध्यक्ष हरि प्रसाद तिम्सीना, केन्द्रीय चिया सहकारीका संस्थापक अध्यक्ष गोविन्द दाहाल, ग्रिनहिल एकाडोमीका संस्थापक दिपेन्द्र थापा, समाजसेवी युक्तवहादुर सुवेदी, नेपालटार माध्यमिक विद्यालयका शिक्षक टेकेन्द्र वस्नेत लगायतको सहभागीता रहेको थियो । 
श्रमदान गर्ने एक सय वढीलाई नेपालटारका युवा व्यवसायी तथा समाजसेवी तारा थपाले खाजाको व्यवस्था गरेका थिए । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment