इलामको रोङमा बनाईदिने मजदुरलाई सम्मान गर्दै विद्यालय भवनको उद्घाटन


बैशाख २४ रोङः विद्यालय भवन बनाउन अहोरात्र खट्ने मजदुरलाई सम्मान गर्दै रोङ ६ मा रहेको सरस्वती  माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तगत आर्थिक बर्ष २०७८/०७९मा सघिय सरकारको ३६ लाख र रोङ गाउँपालिको दश लाख गरि कुल ४६ ललाखको लागतमा निर्माण गरिनकोलागि २०७९ असार २७ गते सामाजिक बिकाश समितिका सयोजक सत्यम राईले हिन्दु परपराअनुसार शिलन्यास गरिएको उक्त भवन कुल ५४ लाख ८३ हजार १ सय १८ रुपैयाको लगानिमा निर्माण गरि आज (आइतबार) बौद्ध धर्मानुसार लामागुरुहरुवाट पाठपुजा एक सय आठ हवन र मन्त्रोचारण गर्दै कोशि प्रदेशका सभासद समसेर राईले रिवन काटेर उद्घाटन गर्नु भएको हो ।
भवन उद्घाटनको क्रममा भवन निर्माणमा अहोरात्र खट्ने मजदुर बेलबारि १० का बालानन्द राई,जयदेबि चौधरी र शिवकुमार लिम्बुलाई प्रससापत्र सहित प्रमुख अतिथि सभासद समसेर राईले सम्मान गरेका थिए । यसैगरि पुर्व शिक्षक किशोर कुमार निरौला, पुर्व लेखापाल जिवन राईलाई विद्यालयमा रहदा गरेको योगदानको उच्च कदर गर्दै प्रससापत्र प्रदान गरिएको थियोभने विद्यालय भवन निर्माणमा सहयोगि बनेका प्रजुल बिल्डसका जुद्धवीर कुवरलाई पनि सम्मान गरेको थियो ।
अरुले नाफाघाटा ,रोजगारी पाएपनि यि सबै जुटाउने थलो बिद्याल भवन बनाउने मजदुर को योगदान कसैले नदेख्ने भएकोलेले स्थानिय स्तरमा मजदुरको अभाव हुने क्रम बढेकोले  कामको उच्च मुल्याङकन गर्न मजदुरको सम्मान गरिएको प्रधानाध्यापक गोबिन्द पौडेलले बताए । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रेम साङपाङ राईको अध्यक्षता,कोशी प्रदेशका सभासद समसेर राईको प्रमुख आतिथ्यता,सामाजिक बिकाश समिति रोङका सयोजक एव वडा न ६ का बडाध्यक्ष सत्यम राई चौरासे,शिक्षा शाखा प्रमुख श्रुतिकुमारी तामाङले समेत बोलेको कार्यक्रममा बिद्यालयको वर्तमान अवस्थाको बारेमा प्रधानाध्यापक गोबिन्द पौडेलले जानकारि दिएका थिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment