कोशी प्रदेश पत्रकारिता पुरस्कार इलामका दुई सहित चार जनालाई प्रदान

२५ बैशाख २०८०, 


इलाम, राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा कोशी प्रदेश पत्रकारिता पुरस्कार इलामका दुई जना पत्रकार सोमनाथ सुसेली(सोम सुसेली), सटेन्द्रकुमार जवेगु सहित चार जनालाई प्रदान गरिएको छ ।
कोशी प्रदेश सरकारले आइतबार  इलामका  सोमनाथ सुसेली (सोम सुसेली), सटेन्द्रकुमार जवेगु, झापाकी अम्बिका भण्डारी र  सुनसरी धरानका राजेशकुमार यादव (राजेश विद्रोही) लाई प्रदेश पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
उनीहरूलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनही एक लाख रुपैयाँ नगदसहित प्रदेश पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।
पुरस्कार प्रदान गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशको विकासमा पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment