संसदमै अर्धनग्न बने अमरेशकुमार सिंह

 २०८० वैशाख २५ 


२५ वैशाख, काठमाडौं । प्रतिनिधि सभाको सोमबारको बैठकमा स्वतन्त्र सांसद अमरेश कुमार सिंह अर्धनग्न बनेका छन् ।
प्रतिनिधिसभाको बैठकमा सांसद सिंहले आकस्मिक समय माग गरेका थिए ।
सभामुखले समय नदिएपछि त्यसको विरोधमा उनले सर्ट र गञ्जी खोलेर विरोध जनाए ।
संसद बैठकमा सांसद अर्धनग्न भएपछि सभामुख देवराज घिमिरेले संसदीय मर्यादाको ख्याल गर्न आग्रह गरे ।
सभामुखले पटक पटक आग्रह गरेपछि सिंह लुगा लगाएर बैठकमै सहभागी भए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment