सिम्रिक एयर हेलिकप्टर दुर्घटना अपडेट : एकको मृत्यु

२२ बैशाख २०८०, शुक्रबार


काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिका–४ हम्मरेडाँडामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका भविन गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । गुरुङ हेलिकप्टरमा सहयोगीका रुपमा कार्यरत थिए ।
पाइलट सुरेन्द्र पौडेलसहित तीन जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । दुर्घटनामा परी क्याप्टेन सुरेन्द्र पौडेल, को–पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शङ्कर गम्भीर घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि काठमाडौँ पठाइएको छ । दुर्घटनामा भोटे र विक्रम हाम्फालेर ज्यान जोगाएका थिए । उनीहरुलाई सामान्य चोटपटक लागेको छ ।
हेलिकप्टर अवतरणका क्रममा हेलिकोप्टर दुर्घटनामा परेको थियो। हेलिकोप्टर माथिल्लो अरुण जलविद्युत परियोजनाको सामग्री ढुवानी गरी त्यहाँ गएको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment