२२ बैशाख २०८०, शुक्रबार
झापा। झापाको भद्रपुर विमानस्थलबाट लागूऔषधसहित दिदीबहिनी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा हेटौडा १ घर भई हाल झापा मेचीनगर बस्ने २१ वर्षीया सोनी श्रेष्ठ (राजवंशी) र उनकी दिदी २३ वर्षीया सन्ध्या श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
उनीहरूको साथबाट ७६ ग्राम ३४० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।
बिहीबार राति ९ बजे बुद्ध एयरको जहाजबाट काठमाडौं जान लागेका उनीहरूलाई विमानस्थलमा खटिएका प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुलाई गोप्य अंगमा प्याडको आकार बनाएर सो परिमाणको लागुऔषधसहित पक्राउ गरेको हो।

0 comments:
Post a Comment