संखुवासभाको भोटखोलामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना

२२ बैशाख २०८०, शुक्रबार


काठमाडौं । संखुवासभाको भोटखोलामा हेलिकप्टर दुर्घटनामा परेको छ । अपर अरुणको सामान ढुवानीको क्रममा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएको बताइएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
हेलिकप्टर दुर्घटनामा परेको स्थानीयल प्रहरीलाई जानकारी दिएपछि प्रहरीको टोली त्यसतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
हेलिकप्टर दुर्घटना परेको स्थान भोटखोला गाउँपालिका – ४ सिप्रुङ रहेकोसम्म खुलेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment