२२ बैशाख २०८०, शुक्रबार
काठमाडौं । हरि सुनार, मुना सुनार र इराकमा सविना तामाङको गलत क्रियाकलापले मोरङ उर्लाबारीकी मिना धिमाल इराकमा बेचिएकी थिइन् । अन्तिम समयमा मिनालाई बंगलादेशी एजेन्टले ६ हजार डलरमा खरिद गरेको हुँ भनेका थिए ।
उनलाई बेचेको आरोप चाहिँ सविना तामाङमाथि छ । कार्यक्रम सिधा कुरा जनतासँगको ९७० औं एपिसोडमा रुँदै मिनाले उद्दारका लागि याचना गरिन् । धेरै दुःख धेरै कष्ट सहेपछि मिनाको उद्दार भएको छ ।
उनको उद्दारको यो सुखद खबर आज हामीले तपाई दर्शक महानुभावसँग पनि सेयर गर्न पाएका छौं । मिनाको जीवन संघर्षको कहालीलाग्दो पाटो समेत समेटिएको यो फलोअप रिपोर्ट अबको पालोमा ।
मोरङ उर्लाबारीकी मिना धिमालको उद्दार भएको छ । सिधा कुरा जनतासँगको विषेश पहलमा मिनाको उद्दार भएपछि उनी मंगलबार राती १० बजे नेपाल फर्किएकी छिन् । इराकको राजधानी बगदादमा कष्टपूर्ण एकवर्ष गुजारेपछि उनी स्वदेश फर्किएकी हुन् ।
मानव तस्करहरुको जालोमा परेर एक वर्षअघि इराकमा बेचिन पुगेकी मिनालाई त्यहाँ घरमालिक र बंगलादेशी एजेण्टले कुटपिट गर्थे । बिरामी पर्दा समेत उपचार पाउनुको साटो मालिकको यातना खेप्नु परेको भन्दै उनले कार्यक्रमको ९७० औं श्रृङखलामा सम्पर्क गरेकी थिइन् ।
६ हजार डलरमा बेचिएकी थिइन् मिना
नेपालबाट मिनालाई एजेण्ट हरी सुनार र मुना सुनारले इराक पठाएका थिए । यि दुबैले मिनालाई इराकमा रहेकी अर्की एजेण्ट सविना तामाङको जिम्मा लगाएका थिए ।
सविनाले भने मिनालाई ६ हजार डलरमा बगदादमा बेचेकी थिइन् । कार्यक्रममा मिनाको पीडा सुनेपछि हामीले राकेश नाम गरेका बंगलादेशी एजेण्टलाई सम्पर्क ग¥यौँ । हामीसँगको कुराकानीका क्रममा राकेशले मिना मात्र नभई अन्य धेरै नेपाली महिलाहरुलाई आफूले किनेरै राखेको जवाफ दिएका थिए ।
राकेशको यो अडियो संवादसहितको रिपोर्ट कार्यक्रमको ८८४ औँ श्रृखंलामा प्रशारण नै गरेका थियौँ । रिर्पोट प्रशारण भएपछि राकेशले मिनालाई झनै कुटपिट गर्न थाले, मारदिन्छु भन्दै धम्क्याउन थाले । त्यसपछि राकेश इराक प्रहरीको फन्दामा परेका थिए ।
परिवार भेट्न पाउछु भन्ने लागेको थिएन !
मिनाका श्रीमान रोजगारीको सिलसीलामा यूयईमा छन् । यता नेपालमा तीन छोरी छन् । इराकमा रहँदा आफ्नो परिवारसँग भेट्न पाउछु भन्ने आशै मारिसकेकी मिना बताउछिन् ।
मिनाको पछिल्लो पटक पेटको शल्यक्रिया गरिएको थियो । २४ घण्टा काम गर्नु पर्ने बाध्यता भएपछि विराम झनै बल्झिएको छ ।
अहिले उनी निकै दुब्लाएकी पनि छिन् । नेपाल फर्काउन पहल गरेको भन्दै मिना र उनको परिवारले न्यूज २४ टेलिभिजनलाई धन्यवाद समेत दिएका छन् ।
मिनाले अब रोजगारीका लागि कहिल्यै पनि विदेश नजाने संकल्प लिएकी छिन् ।

न्युज२४ नेपालबाट साभार गरिएकाे
0 comments:
Post a Comment