राष्ट्रपति पौडेल अस्पताल भर्ना

२ असार २०८०, शनिबार

काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । उनी शनिबार त्रिवि शिक्षण अस्पतालकाे मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारार्थ भर्ना भएका हुन् ।
यसअघि राष्ट्रपति पौडेललाई हृदयघात भएको जनाइएको थियो । उनको मुटुको चाल मनिटरिङ्ग गर्न आवश्यक देखिएकाले अस्पताल भर्ना गरिएकाे हाे ।
सो सेन्टरका कार्यकारी निर्देशक प्राडा रत्नमणि गजुरेलद्वारा आज यहाँ जारी प्रेस विज्ञप्तिका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment