स्वर्गद्वारी मन्दिरको दर्शन गरेर फर्किएको गाडी दुर्घटना, उद्धार कार्य जारी

२९ जेष्ठ २०८०, सोमबार


प्युठान । प्युठानको स्वर्गद्वारी मन्दिरको दर्शन गरेर फर्किएको निजी गाडी दुर्घटनामा परेको छ । तीर्थयात्री सवार रहेको लु १ च ६३४५ नम्बरको निजी गाडी स्वर्गद्वारी नगरपालिका–४ भिङ्रीमा दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार गाडीमा ८ जना सवार रहेका थिए । गाडीमा २ महिला, २ पुरुष र ४ बालबालिका सवार रहेको बताइएको छ ।
अहिले दुर्घटनामा परेकालाई उद्धार गरेर उपचारका लागि अस्पताल लैजाने क्रम जारी रहेको प्रहरीले जनाएको छ । हाल उद्धारको कार्य जारी रहेकाले यकिन जानकारी केही समयपश्चात् मात्र आउने बताइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment