हरायो घुम

  • गोबिन्द पौडेल 
    फायल फाेटाे

रोङः परपरागत रुपमा रहेको गतिलो र प्रभावकारी  बर्षे ओढा घुम हराएको छ । आधुनिकताको प्रभावले परपरागत शिपको बिकाश हुन नसक्दा कतिपय यस्ता सामाग्रिहरु लोप भईसकेभने नयाँ सामाग्रीहरुको प्रयोग कति वाताबरण मैत्रि छ भनेर कसैको ध्यान समेत गएको पाईदैन ।
घरगाउमा मेलापात,खेतिपाति र हाटबजार जादा समेत प्रयोग गरिने बासको चोया,भोर्ला,कवाई,हात्तिपाईले जस्ता रुखको पातले छापेर बनाईने गम्म शरीर ढकाउदै न्यानो बर्षे ओढा धुम अहिले बिगतको ईतिहास मात्रै बनेको छ ।
पहिला मेलापात गर्दा आमाहरुले त्यहि घुममा वच्चा सुताउने गरेको हुन्थे तर अहिलेका नानिहरुले घुम नै चिन्दैनन जान्दैनन रोङ ६ का बृद्ध महिला दिलमाया पौडेलले बताइन ।
वासको चोया र रुखको पातले बनेको कारण यो सजिलै कुहिने र शरिरमा न्यानोपन सगै शरिर सबै ढाक्ने हुदा स्वास्थ्य  बर्धक थियो बर्खाभरि खेतिपाति गर्नेहरुलाई चिसो लाग्दैन थियो तर अहिले बिकल्पमा आएको प्लास्टक लगायतको बस्तुहरु नसड्ने असुरक्षित ,वाताबरण र उपभोक्ता मैत्री त छैन नै धेरै अस्वस्थकर रहेको पाईन्छ तरपनि सुरक्षित मानिएको घुम प्रोगमा नआउने हुदा यो बनाउने मानिसहरु पनि पाईदैन ।
प्लास्टकको बढ्दो प्रयोगबाट बिग्रदो वाताबरण र जलवायुको परिबर्तनलाई रोक्न पनि परपरागत यस्ता सामाग्री हरुको प्रयोग उपयोगि हुने वाताबरण बिधहरुको सुझाव रहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment