झापाको शिवसताक्षीमा ट्रक र कार दुर्घटनाः बाबुछोरीको मृत्यु

 १२ असार २०८०, मंगलवार 

झिलझिले । झापाको शिवसताक्षी नगरपालिकामा दुई वटा सवारी साधन एक आपसमा ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।पश्चिमबाट पूर्वतर्फ गइरहेको मालबाहक ट्रकले विपरीत दिशाबाट आएको कारलाई ठक्कर दिँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।मोरङ उर्लाबारी का ४५ वर्षीय गुरुचरण चौधरी र १८ वर्षीय कुमकुम चौधरीको मृत्यु भएको बिएंडसी अस्पतालका सूचना अधिकारी प्रमिश गिरीले जानकारी दिए । मृतक दुईजना बाबुछोरी भएको बताइएको छ ।दुर्घटनाबाट गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको थियो । उनीहरूको उपचारका क्रममा मृत्यु भएको सो अस्पतालले जनाएको छ ।दुर्घटनामा परी घाइते भएका अन्य ६ जनाको उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले जानकारी दिए।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment