झापाकाे हल्दिबारीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु


झापा । झापाको हल्दिबारीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका ७ निवासी ५३ वर्षीय गिरेन कर्मकार रहेका छन् । प्रहरीका अनुसार मंगलबार बिहान ४ बजेको समयमा हल्दिबारी गाउँपालिका २ स्थित देउनियाँ खोलाको पुलबाट ३०० मिटर उत्तरमा रहेको महेन्द्र पोखरेलको चिया बगान छेउमा कर्मकार जंगली च्याउ टिप्न गएका थिए । सोही चिया बगानमा रहेको हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । घटनालगतै हल्दिबारी प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोली घटनास्थल पुगेको थियो । शवको कानुनी प्रक्रिया पूरा गरी प्रादेशिक अस्पताल भद्रपुर पठाउने तयारी भइरहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment