कोशी प्रदेशस्तरीय मुख्यमन्त्री कप फुटबलको उपाधि इलामलाई


इलाम, १० असारः कोशी प्रदेश स्तरीय मुख्यमन्त्री कप नकआउट पुरुष फुटबल प्रतियोगितको उपाधि इलामले जितेको छ ।
प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजनामा ओखलढुंगाको सिद्धिचरण नगरपालिका १२ स्थित स्थानीय खेल मैदानमा आज ९शनिबार० सम्पन्न प्रतियोगिताको उपाधि ईलामले जितेको हो । आफ्नो प्रतिद्वन्द्वी समुह संखुवासभालाई ३–० गोलको अन्तरले हराउँदै इलामले उपाधि हात पारेको छ ।
खेलको पहिलोहाफ गोल रहित बराबरीमा टुंगिएकोमा दोस्रो हाफको ५९ औँ मिनेटमा पहिलो गोल गर्दै ईलामका खेलाडी विशाल तामाङले जितको अग्रता दिलाएका थिए । त्यस्तै दोस्रो हाफको ७९ औँ मिनेटमा अर्का खेलाडी युवराज राईले दोस्रो गोल र ८४ औँ मिनेटमा विनोद धमलाले १र१ गोल गरेका थिए ।
ताप्लेजुङ बाहेक कोशी प्रदेशका १३ जिल्ला सहभागी प्रतियोगिताको उपाधि विजेता ईलामले नगद रु २ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता शंखुवासभालाई नगद रु १ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै खेलको म्यान अफ दि म्याच ईलामका पिकेश लोक्तामले पाएका छन भने म्यान अफ दि सिरिजको उपाधि ईलामकै ईलामका विशाल तामाङले पाएका छन् ।
त्यस्तै उच्च गोलकर्ता ओखलढुंगाका सञ्जय गुरुङ, उत्कृष्ट गोलरक्षक मौसम मगर, उत्कृष्ट डिफेन्डर आयुष तिमिल्सिना, उत्कृष्ट स्टाईकर मन्दिप राई र बेष्ट कोच ईलामका पाशाङ शेर्पाले पाएका छन् । सबै विधाका उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार प्रदान गरिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment