इलामको गोदकमा करेन्ट लागेर एक जनाको मृत्यू


इलाम, ३० जेठः  इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ । इलाम नगरपालिका १० गोदकका ३५ वर्षिय तिलक बहादुर राईको करेन्ट लागेर मृत्यु भएको हो । इलामकै सूर्योदय नगरपालिका  ११ किरात टोलमा विद्युत तार मर्मत गर्ने क्रममा उनलाई सोमबार दिउशो करेन्ट लागेको जनाइएको छ । 
राईको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका इन्सपेक्टर सन्तोस राईले जानकारी दिए । 
बिद्युत विस्तारको काम भइरहेको समयमा दिउशो करिव तीन बजे घटना भएको थियो । राई विद्युतको कर्मचारी नभई ठेकेदारले लगाएको काम गर्ने कर्मचारी भएको बताइएको छ । 
गाडिएका पोलमा तार टाग्ने क्रममा घटना भएको थियो । राईको शबलाई ऐले पोस्माटमका लागि प्राथमिक स्वास्थ्य केन्द्र फिक्कलमा ल्याइएको जनाइएको छ । काम लगाउने ठेकेदार समेत सँगै रहेको बताइएको छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment