इलाम, २२ जेठः प्रतिबन्धित लागु औषध सहित इलाममा तीन जनालाई पक्राउ गरिएको छ । मेची राजमार्गको इलामको सूर्योदय नगरपालिका ८ को छिपिटार भन्ने स्थानबाट एक थान मोटरसाइकलल सहित तीनजनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा इलाम इलाम नगरपालिका ९ गोलबस्ती बस्ने २७ वर्षका रोशन खवास, फाकफोकथुम गाउँपालिका १ बस्ने २५ बर्षका बिमल लिम्बू र इलाम सन्दकपुर गाउँपालिका ४ माबु बस्ने २७ बर्षका निशान गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।
पक्राउ पर्नेहरुको साथबाट प्र।–१–०२–०४१ प ३४१७ नम्बरको बुलेट बाइक समेत पक्राउ गरिएको छ । झापाबाट इलाम आउँदै गरेको अवस्थामा उनीहरुलाई खानतलास गर्दा सो सामाग्री पक्राउ गरिएको जनाइएको छ ।
क्राउ पर्नेहरुको साथबाट खैरो हेरोईन ९ब्राउन सुगर० जस्तो देखिने ४ वटा पोका ९१९ ग्राम ३३० मिलिग्राम०, नियन्त्रित औषधी नित्राजेपम १० एमजीका २६ वटा क्याप्सुल, नभ्यकट चुरोटको छ वटा बट्टा, लाइटर, तीन थान मोवाइल लगायतका सामाग्री समेत पक्राउ गरिएको जनाइएको छ ।
शंका लागेपछि चेकजाँच गर्दा सो सामाग्री फेला पारिएकाृ जनाइएको छ । पक्राउ गरेकाहरुलाई नियन्त्तणमा लिएर थप अनुसन्धान गरिरहेको बताइएको छ ।
0 comments:
Post a Comment