गर्मीका कारण इलामकाे माई र चुलाचुलीका विद्यालय पनि बिदा

  • तेजबहादुर घिमिरे 

माई २३ जेठ। बढ्दो गर्मी र अत्याधिक तापक्रमको कारण इलामको माई नगरपालिका र चुलाचुली गाउँपालिकाको विद्यालयहरु बिदा भएका छन् । दुवै पालिकाका शिक्षा शाखाले सुचना जारी गर्दै विद्यालय बिदा गराएका छन् । माई नगर शिक्षा शाखा प्रमुख सीतादेवी लावतीले सुचना जारी गर्दै बालबालिकाहरुको स्वास्थ्यमा असर पर्ने सम्भावना भएकाले जेठ २२ गतेबाट २४ गतेसम्म हिउँदे वा वर्खे विदाबाट कट्टा हुने गरी विद्यालय बन्द रहने जानकारी दिएकी छन् ।
चुलाचुली गाउँपालिका शिक्षा शाखाको सुचना अनुसार बिधालय थप ४ दिन बन्द हुने भएको छ । अघि जेष्ठ १९ देखि २१ सम्म बिदाको सुचना प्रकाशित भएको थियो । अभिभावकहरुको माग र बिद्यार्थीहरुको स्वास्थ्यमा पर्ने प्रतिकुल असरको सम्भावनाका कारण बन्द गरिएको शिक्षा शाखा प्रमुख रामप्रसाद मिश्रले जानकारी दिए ।
लाेकल सन्देशबाट

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment