इलामे क्रिकेटमा स्थानीयतह वेखबर, खेलाडी आफ्नै खर्चमा प्रतियोगिता गर्दै

  • बिनय तिम्सीना


इलाम, २१ जेठः इलाममा खेलाडीहरु आफै सक्रिय भएर  क्रिकेट प्रतियोगिताहरु खेली रहेका छन् । इलामका केही खेलाडीहरु प्रदेश स्थरीय र राष्ट्रिय स्तरीय प्रतियोगीता खेली सक्दा पनि स्थानीयतहहरु भने वेखबर रहेका छन् । 
खेल अभियास गर्ने स्थान उपलवध गराउन अनुरोध गर्दा समेत स्थान अहिले सम्म उपलव्ध गराउन नसेको इलम जिल्ला क्रिकेट संघका अध्यक्ष अर्जुन पौडेल गुनसो गर्छन । 
शनिबार इलामको ठूलो टुँडिखेलमा  जिल्ला क्रीकेट सङ्घ इलामको समंन्वयमा वडा स्तरीय टी–ट्वान्टी मैत्रीपूर्ण  खेलमा इलाम नगरपालिका वडा नं ६ को टिम ६ विकेटले विजयी भएको छ । 
खेलमा टस जितेर ब्याटिङ रोजेको इलाम नगरपालिका वडा नं ७ ले प्रज्वल खत्रीको सतकमा वडा नम्बर ७  ले ८ विकेटको क्षतिमा २०७ रन बनाएको थियो । जसमा वडा नं ७ का  प्रज्वल खत्रीले ५५ बल खेल्दै १०१ रनको  नटआउट  पारी खेलेका थिए साथै अर्का ब्याटमेन बिमल भुजेलले ३८ बल मा ५१  रन र सुनिल मगरले ९ बलमा २२ रन बनाएका थिए । वलीङ तर्फ वडा ६ का  बलरहरु दिपेश कूवर, अशोक लिम्बु, सगुन खत्री, साहिल घिसिङ, पूजन खड्का र रिकेश खनालले समान एक एक बिकेट लिएका थिए ।
२०८ रनको विशाल लक्ष्य पक्षाउदै मैदानमा उत्रिएको वडा नं ६ ले १८.५ ओवरमा ४ बिकेटको क्षतिमा सहज जित हात पारेको थियो। 
वडा नं ६ का व्याट्समेन  पुजन खड्काले २९ बलमा ६८ रनको नटआउट पारि खेल्दै ओफ्नो टिमलाई जित दिलाएको थिए भने अन्य ब्याटमेन दिपेश कूवरले ३१ बलमा ४४ र दिपेन्द्र मगरले २७ बलमा ४३ रन प्राहार गरेका थिए। साथै वडा ७ का बलरहरु  प्रज्वल खत्री, महेश राई र सुनिल मगरले समान १र१ बिकेट लिएका थिए। 
आगामी शनिबार पनि इलाम नगरपालिका वडा नम्बर ८ र वडा नम्बर ९ विच खेल हुने छ । प्रतियोगिता सञ्चालन गर्नको लागि खेलाडीहरुले एक आपसमा रकम उठाएर खेल प्रतियोगिता गर्ने जानकारी गराएका छन् । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment