लम्पीको संक्रमणले निराश इलामका किसान खरेडीले किसान मारमा

  • गोबिन्द पौडेल 

रोङ, २१ जेठः  लम्पि स्किन डिजिजले पिडामा रहेका ईलामे किसानहरुमा जेठ महिनामा लागेको खरेडिले थप मारमा पारेको छ ।जेठको शुरुसातामा बर्षाद भएपछि तरकारीको बिरुवा रापेका किसाहरुको सबै बिरुवा सुकेका छन् ।
उत्पादन शुरु हुनेबेलाको काक्रा,फर्सी,खुरसानि,बिहि लगाउतको बिरुवा ओईलाउनुको साथै मकैको बोटन नै सुकिसकेको रोङका किसान युवराज प्रधानले गुनासो गरे । यता चिया पनि समस्या देखिन थालेको छ । पहिलो टीपाई सके पछि बाँजी बसेको चियाको अहिले सम्म मुना फुटेको छैन । अँलैची किषानहरूकाे अँलैची पनि सुकेकाे छ । 
दुध उत्पादन र अन्य वालीको उत्पानमा अब्बल रहेको इलाम अहिले रोग र खडेरीको मारमा किसान पर्दा समेत स्थानी सरकार, प्रदेश सरकार र केन्द्रिय सरकार समेत किसानको पक्षमा बल्न सम्म नबोलेकोमा इलामका किशानले गुनासो गरेका छन् । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment