- गोबिन्द पौडेल
प्राचिन समय देखिनै स्थानिय वासिहरुले देविस्थानको रुपमा पुजापाठ गर्दै आएको रोङ ६ को जौवारी र जिर्मलेको सिमानामा २०५० सालतिर अनेकन आकृतिको प्राकृतिक शिलाहरु भेटिएपछि तत्काल स्थानिय वासिहरु र साबिक जिर्मले गाबिसले सरक्षणको अभियान चलाएको थियो । देविस्थानमा पुजा अर्चना गरे मनोकामना पुरा हुने विश्वासको साथ मनकामना देवि भनेर पुकार गरिने गरेको थियो ।
जौवारि जिरमले बाहुणडागी सडकले छुने मन्दिर परिसरलाई सरक्षण गर्न प्रधानमन्त्रि स्वरोजगार कार्यक्रमबाट एकलाख बराबर र रोङ गाउपालिका वडा न छ को बार्षिक योजना १ लाख सहित दुईलाखको लागतमा टहरो निर्माण, परिसर बिस्तार लगायतका सरक्षणको प्रयास गरिएपछि मन्दिरमा आउने श्रद्धालुहरुको चाप बढेको स्थानिय बासिहरुले बताउछन् ।
चालु बर्ष वडा न ६ को कार्यक्रमबाट करिव ७५ हजारको लागतमा पाचफिट अग्लो भगवान शिवको मुर्ति स्थापना गरि बैधिक बिधिअनुसार राखिएको रोङ ६ को वडाध्यक्ष सत्यम राई चौरासेले बताए । करसोङ पदमार्गको नजिकमा रहेको ऐतिहासिक हल्लने ढुङ्गा,झण्डि डाडो सत्तालसिह टापुरा,पाण्डव गुफा,कृष्णथुम्कि लगायतको समिपमा स्थापित भएको यस्ता प्राचिन र ऐतिहासिक र धार्मिक स्थलको बिकाशले रोङको गरिमा र पर्यटन प्रबधनको किकाशमा थप टेवा मिल्न सक्ने स्थानिय वासिहरुको बुझाइ रहेको छ ।
0 comments:
Post a Comment