- गोबिन्द पौडेल
रोङ११ असारः तैयारी र पत्रु खानाले आम मानिसहरुको मन भुलाउदै गएको हुदा हाम्रो गाउ घरमा पाईने खानेकुरा नै पौस्टिक हुन्छ भन्ने जानकारीको लागि स्थानिय खाध्य सामाग्रीहरुको प्रदर्शनी इलामको रोङमा गरिएको छ ।
रोङ गाउपालिका स्वास्थ्य शाखाको बार्षिक कार्यक्रम अनुसार स्थानिय स्तरमा पाईने खाध्य सामाग्रिहरुको पहिचान र प्रदशन गराउदै पोषिलो खानेकुरा चाहिने लक्षित समुह गर्वबति, सुत्केरी, वालवालिका बुढाबुढिहरुको लागि स्थलगत रुपमा हरियो सागपात, स्थानिय स्तरमा पाईने बिभिन्न ताजा फलफुलहरु, दुग्ध र दुग्धजन्य पधार्थहरु, गेडागुडी हरुको सेवन गरेर पनि निरोगि र स्वस्थ्य रहन सकिन्छ भनेर चेतना बिस्तार गराउदै नागरिकहरलाई स्वस्थ्य राख्न चेतनामुलक कार्यक्रम गरिएको रोङ स्वास्थ्य शाखा प्रमुख युवराज काफ्लेले बताए ।
रोङका सबै टोल र स्वास्थ्य सेवा प्रदायक सस्थाहरुमा आम नागरिकहरुको उपस्थितिमा यस्तै पोषण शिक्षा कार्यक्रम गरिएकोमा सोमबार आधारभुत स्वास्थ्य केन्द्र रम्भ्यागमा स्थानिय स्तरमा सहजै पाईने हरियो सागपात, बिभिन्न तरकारीहरु ,गेडागुडी, बिभिन्न फलफुल दुग्धजन्य परिकारहरुको प्रदर्शनी सहितको महत्व र तिनको परिकारहरुको तैयारी गरेर बितरण समेत गरिएको रम्भ्याङ आधारभुत स्वास्थ्य केन्द्रका ईन्चार्ज बिकाश गजमेरले बताए ।
उपभोक्ताहरुमा बजारमा सजिलै पाईने तैयारी र पत्रु खानाहरुले राज जमाईरहेको बेलामा हाम्रै करेसा र बगैचामा पनि पोषिलो खाना पाईन्छ भन्ने चेतना बिस्तार गरेकोमा आफुहरुलाई खुसि लागेको सहभागि रहेका एकजना गर्भवति महिलाले बताइन।
0 comments:
Post a Comment