झापा। झापाको मेचीनगर नगरपालिकास्थित नकलबन्द सिमा नाकामा ड्युटीमा खटिएका सशस्त्र प्रहरीका हवल्दारलाई सशस्त्रका इन्स्पेक्टरले निर्घात् कुटपिट गरेपछि मंगलबार राति त्यहाँको अवस्था तनावग्रस्त बनेको थियो।
मध्यरातमा नकलबन्द पोष्टबाट हतियारसहित बर्दिमा ड्युटी गरिरहेका सशस्त्र प्रहरी वरिष्ठ हवलदार पासाङ तामाङ, सशस्त्र प्रहरीका हवलदारहरु गणेशबहादुर तामाङ, रामबहादुर कार्की, सहायक हवलदार शान्तबहादुर राई र सशस्त्र जवान उमेश राजवंशी घाइते भएका छन्।
उनीहरुलाई मध्यरातमा सादा पोशाकमा खटिएका सशस्त्रका इन्स्पेक्टर नभप्रभात राईसहितको तीनजनाको टोलीले मेची नदीको पानीमा डुबाउँदै बाँसको भाटैभाटाले निर्घात कुटपिट गरेको र स्थानीय बासिन्दाले घटनाबारे जानकारी पाएपछि ढुंगामुढा समेत गरेका थिए ।
इन्स्पेक्टर राईसहितको टिमको कुटपिटबाट सप्रवह तामाङ र प्रज राजवंशीको ढाडमा चोट लागेको छ भने सप्रह तामाङको शरीरभरि नीलडाम बसेको छ। त्यस्तै सप्रह कार्की र सप्रसह राईको दायाँ हातमा गम्भीर चोट लागेको बताइएको छ। घाइतेहरूको धुलाबारीस्थित आम्दा मेची अस्पतालमा उपचार भइरहेको छ।
सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेश बराह बाहिनी मुख्यालय सुनसरीले सादा पोशाकमा खटाएका इन्स्पेक्टर राई, सशस्त्र जवानहरू रामसुन्दर तामाङ र जीवन बास्तोलाले सो नाकाबाट तस्करी भएको भन्दै ड्युटीमा खटिएका बर्दीधारी सशस्त्रका हवलदारहरूलाई सार्वजनिक स्थलमा निर्घात कुटपिट गरेपछि आक्रोशित बनेका त्यहाँका स्थानीयहरू सादा पोशाकका इन्स्पेक्टर राईसहित तीनै जनालाई कडा कारबाहीको माग गर्दै नाराबाजीमा उत्रिएका थिए। इन्स्पेक्टर राईसहित तीनैजनालाई बीओपी नकलबन्दा लैजाने क्रममा स्थानीयले होहल्ला गर्दै घटनास्थलमै घेरा हालेर रोक्न खोजेका थिए।
सोही क्रममा स्थानीयले सशस्त्रको बीएबी ३२४६ नम्बरको गाडी समेत तोडफोड गरेका छन्। घटनाले उग्ररुप लिएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी देवराज अर्याल तत्काल घटनास्थल पुगेका थिए। साथै सशस्त्र प्रहरीले घटनालाई साम्य बनाउन करिब एक सय सशस्त्र प्रहरी परिचालन गरेका थिए। एसपी अर्यालले दोषीलाई कारबाही गर्ने आश्वासन दिएपछि मात्र अवस्था सामान्य बनेको थियोे ।
बराह बाहिनीबाट खटिएका इन्स्पेक्टर राई, सशस्त्र जवानहरू तामाङ र बास्तोलालाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापामा झिकाएर विभागीय कारबाही प्रक्रिया अघि बढाएको एसपी अर्यालले जानकारी दिएका छन्,।
घटनाको बारेमा थप बुझ्न बराह बाहिनी मुख्यालय सुनसरीका एसपी विक्रम हुमागाईँको नेतृत्वमा छानबिन समिति गठन भएको र छानबिन प्रतिबेदन तयार भएपछि विभागीय कारबाही हुने समेत एसपी अर्यालले जानकारी दिए।

न्युज२४ नेपालबाट साभार गरिएकाे
0 comments:
Post a Comment