३१ असार २०८०, आईतवार
झापा । बिर्तामोड–भद्रपुर सडकको वैकल्पिक मार्गका रूपमा हेरिएको हर्कलाल मार्गको स्तरोन्नति थालिएको पाँच वर्ष पूरा भएको छ ।
ग्रामीण कृषि सडक ‘¥याप थ्री’ अन्तर्गत २०७५ सालबाट सडकको स्तरोन्नति थालिए पनि हालसम्म सम्पन्न नहुँदा बिरोध स्वरुप स्थानीयले सो सडकमा धान रोपेका छन् ।
२०७५ साल असारमा ठेक्का लगाइएको सो सडक चार करोड २८ लाखको लागतमा कालोपत्रे गर्न लागिएको थियो । २०७६ साल असारमा निर्माण सम्पन्न गर्ने गरी सडक स्तरोन्नतिको काम थालिएकोमा पाँच वर्ष बित्दा समेत सडक निर्माण सम्पन्न नभएपछि स्थानीयले हिलाम्मे सडकमा धान रोपेका हुन् ।
हर्कलाल मार्गको निर्माणमा जनप्रतिनिधिहरुले समेत बेवास्ता गर्दा आवतजावतमा समस्या भएको भन्दै स्थानीयहरुले विरोधस्वरुप शनिवार धान रोपेको बताइएको छ ।
बिर्तामोड नगरपालिका–५स्थित हर्कलाल मार्गको भक्तबारी चोकमा स्थानीयले धान रोपेका थिए । जनप्रतिनिधिलाई पटक–पटक पुरुवाका लागि जानकारी गराउँदा समेत वास्ता नगरेको र बर्षात् शुरु भएसँगै बाटोमा आवतजावत गर्न समस्या भएकाले बिरोधस्वरुपबीच बाटोमा धान रोपिएको स्थानीयले बताएका छन् ।
सो बाटोमा पुरुवाका लागि पटक–पटक बिर्तामोड–४का वडाध्यक्ष राहुलकुमार शर्मालाई मौखिक तथा लिखित जानकारी गराउनुका साथै नगरप्रमुख पबित्रा महतारा प्रसाई र उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलालाई समेत जानकारी गराउँदा उनीहरुले चासो नदिएको स्थानीय गोपी अधिकारीले बताए ।
हर्कलाल मार्गमा बजेट परेको र अब निर्माण हुने हल्ला पटक–पटक चलाइए पनि सडक बजेट अभावमा जीर्ण भइसकेको छ । त्यस महत्वपूर्ण सडकमा आवतजावत गर्न कष्ट व्यहोर्नुपर्ने अवस्था रहेको बताइएको छ । झापा क्षेत्र नं. २का संघीय सांसदसमेत रहेका सभामुख देवराज घिमिरेले आगामी आर्थिक वर्षको बजेटमा त्यस सडकका लागि ५० लाख रुपैयाँ विनियोजन गराएका छन् ।
सडक निर्माणका लागि ठेक्का लिने कम्पनीको चरम लापरबाही र नियमनकारी निकाय पूर्वाधार विकास कार्यालय चन्द्रगढी झापा मुकदर्शक बन्दा सो सडक अलपत्र परेको हो । वि.सं. २०७३मा तत्कालीन जिल्ला प्राविधिक कार्यालय झापाले आठ करोडको विस्तृत गुरुयोजना (डीपीआर) तयार गर्दै बिर्तामोडस्थित हर्कलाल मार्गको स्तरोन्नतिसँगै कालोपत्रे गर्ने तयारी थालेको थियो ।
ग्रामीण कृषि सडकको मापदण्डमा ‘¥याप थ्री’ अन्तर्गत सडकको स्तरोन्नतिसँगै कालोपत्रे गरिने भएपछि योजनासमेत स्वीकृत भएको थियो । वि.सं २०७४मा सम्पन्न स्थानीय तहको निर्वाचनपछि सो सडक २०७५ असारमा दी कञ्चनजंघा कन्स्ट्रक्सन निर्माण कम्पनीले निर्माण गर्ने गरी ठेक्का लिएको थियो ।
ग्रामीण कृषि सडक ‘¥याप थ्री’को मापदण्डमा सडक स्तरोन्नतिको ठेक्का लगाएपछि स्थानीयवासीले सडक फराकिलो बनाउनुपर्ने माग राखेका थिए । पूर्वाधार विकास कार्यालय चन्द्रगढीले सडक निर्माणको प्रक्रिया अघि बढाए पनि स्थानीयवासीले सडक फराकिलो बनाउनुपर्ने माग राखेपछि सडक सडक निर्माण कार्य केही समय रोकिएको थियो ।
तीन किलोमिटर सडक निर्माणका लागि ठेक्का लागे पनि दुवैतर्फ ड्रेन र उच्चस्तरीय कालोपत्रे गर्न स्थानीयवासीको मागपछि सो सडकलाई एक हजार ५८ मिटर मात्रै स्तरोन्नति गर्ने सम्झौता भएको थियो । सो सम्झौता अनुसार नालासहित सडकलाई ५० मिटर चौडा बनाइने गरी काम अघि बढाइएको थियो तर, सम्झौता अनुसार काम अघि बढे पनि हालसम्म हर्कलाल मार्गको स्तरोन्नति हुन भने सकेको छैन ।
यस अघिपनि स्थानीयले सडकमै रोपाइँ गरेर ठेकेदार कम्पनीको विरोध गरेका थिए । ठेकेदार कम्पनीले समयमा बाटो नबनाएको भन्दै उनीहरुले सडकमै रोपाइँ गरेर विरोध जनाएका थिए । ठेकेदारले बेवास्ता गरेका कारण सडकमा आउजाउ गर्न समस्या भोग्नुपरेको स्थानीयको आरोप छ ।
यता बिर्तामोड–३ मा रहेको नगर अस्पताल जाने सडक ठेकेदारले अलपत्र पारेर हिलाम्मे भएपछि स्थानीयले विरोधस्वरुप सडकमै धान रोपेका थिए । फागुन १५ गते ठेक्का पाएको ओमसाई निर्माण सेवाले असार ५ गते काम सक्नुपर्ने म्याद रहेको थियो । बिर्तामोड नगरपालिकाले ठेकेदार कम्पनीलाई दुईपटक लिखित चेतावनी दिइसकेको भए पनि ठेकेदारले अटेर गरेको बताइएको छ ।

0 comments:
Post a Comment