एसिया कपः श्रीलंका र बंगलादेश भिड्दै, कुन टीम कति वलियो ?

  • बिनाय तिम्सीना 

इलाम, १५ भदौँः एसिया कपको दोस्रो खेल श्रीलंकाको पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बिहीबार (आज) श्रीलंका र बंगलादेश विच नेपाली समय अनुसार ३ः१५ हुँदैछ । साविक विजेता श्रीलंकाले बंगलादेशलाई आफ्नो होम ग्रउण्डमा हराएर एसिया कपको शुरुवात जीतका साथ गर्न चहान्छ । 
यी दुई टोलीको पछिल्ला ५ खेल हेर्ने हो भने बंगलादेशले ३ वटा खेल जीतेको छ भने २ वटा खेल हारेको छ । श्रीलंका भने राम्रो लयमा देखिएको छ उसले आफ्ना ५ वटा खेलमा ५ वटै खेलमा जीत निकालेको छ । श्रीलंकाको टोली भने अहिले युवा टोली छ र यसले विश्व क्रिकेटमा अहिले  राम्रो प्रदर्शन गरि रहेको छ । 
यी दुई टोलीले २०२१ भन्दा यता खेल खेलेका छैनन् पछिल्ला ५ भेटमा बंगलादेशले दुई खेलमा जीत निकालेको छ भने ३ खेलमा श्रीलंकाले जीतेको छ । यनिहरुको हेड टु हेड हेर्ने हो भने जम्मा ५१ खेल खेलेका छन् जसमा ४० खेल श्रीलंकाले जीतेको छ भने ९ खेलमा बंगलादेश विजयी भएको छ २ वटा खेलमा रिजल्ट आएको छैन । श्रीलंकाको पल्लेकेलेमा भने एउटा खेल खेलेका छन् जसमा श्रीलंका विजयी भएको थियो । 
यसरी यी दुई टोलीको भेटको विश्लेषण गर्दा बंगलादेश भन्दा श्रीलंकाको टीम बलियो देखिन्छ । श्रीलंकालाई हराउँन बंगलदेशलाई निक्कै मुस्किल देखिएको । यता श्रीलंकले होम क्राउडको फाइदा पनि उठाउन सक्छ । 
एसिया कपको आयोजक राष्ट्र पाकिस्तान भए पनि भारतले पाकिस्तानमा खेल्न अस्वीकार गरेपछि अधिकांश खेलहरू श्रीलंकामा हुँदै छन । 
एसिया कपमा अफगानस्ता, बंगलादेश, पाकिस्तन, श्रीलंका र भारत रहेका छन् । एसिया कपको भारत र पाकिस्तान प्रमुख दावेदार भनिए पनि साविक विजेता भने श्रीलंका रहेको छ । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment