- बिनय तिम्सीना
इलाम, १३ भदौँः एसिया कपको उद्घाटन खेलमा नेपालाई पाकिस्तानसँग ३४३ रनले हारेको छ । टस जीतेर पाकिस्तानको मुल्तानमा पहिले व्याटिङ गरेको पाकिस्तानले ६ विकेटको क्षतिमा ३४२ रन बनाएको थियो । नेपालले लक्ष्य पछियाउने क्रममा २३.४ ओभरमा सवै विकेट गुमाउँदै १०४ रन मात्र बनाउँन सकेको हो ।
नेपालले ३४३ रनको लक्ष्य पिछा गर्ने क्रममा शुरुवात राम्रो गर्न सकेन पहिलो ओभरमा नै २ विकेट गुमायो । कुशल भुर्तेल पहिलो ओभरमा नै ८ रन बनाउँदै शाहिन शाह अफ्रिदीको शिकार भए । कप्तान रोहित पौडेल पनि पहिलो वलमा नै शाहिन शाह अफ्रिदीले नै आउट गरे ।
विकेट किपर व्याटर असिफ शेख पनि ५ रन बनाउँदै नसिम शाहको वलमा आउट भए । नेपालले १४ रन स्कोरवोटमा वनाउँदा तीन विकेट गुमाई सकेको थियो । सोमपाल कामी र आरिफ शेखको विच चौथो विकेटको लागि केही राम्रो साझेदारी भए पनि २६ रन वनाउँदै हरिस रौफको वलमा आउट भए । नेपालले ८२ रनको स्कोरमा सोमपाल कामीको रुपमा पाचौँ विकेट गुमायो । सोमपालले २८ रन बनाए । नेपालको ९० रनको स्कोरमा ६ विकेटको रुपमा दिपेन्द्र सिंह एरी ३ रन बनाउँदै आउट भए । त्यस लगत्तै गुल्सन झा पनि छक्का लगाउने चक्करमा १३ रन बनउँदै आउट भए ।
आठौँ विकेटको रुपमा सन्दिप लामिछानेले खाता खेल्न सकेनन् । कुशल मल्ल पनि ६ रन बनउँदै आउट भए । दशौँ विकेटको रुपमा ललित राजवंसी पनि खाता नखोली आउट भए ।
पाकिस्तानका लगि सादब खानले ४ विकेट लिए । शाहिन शाहा अफ्रिदी र हरिस रौफले २/२ विकेट निकाले । नसिम शाह र मोहम्मद नावजले १/१ विकेट लिए ।
पहिले व्याटीङ गर्दै पाकिस्तानका लागि कप्तान बाबर अजामले १५१ रनको सतकिय पारी र इफ्तिखर अहमदको नटआउट १०९ रनको तुफानी सतकको मद्दतले नेपाल सामु विसल लक्ष्य राखेको हो । अजमले १३१ बलमा ४ छक्क र १४ चौका प्राहार गरेका हुन, भने अहमदले ४ छक्का र ११ चौका प्राहार गर्दै ७१ बलको सामाना गरेका थिए । त्यस्तै मोहम्मद रिजवानले ४४ रन बनाए । कम्जोर शुरुवात गरेको पाकिस्ताले २१ रनको स्कोरमा पहिलो विकेट २५ रनको स्कोरमा दोस्रो विकेट गुमाएको थियो १२४ रनको स्कोरमा ४ विकेट गुमाएको पाकिस्ताले पाचौँ विकेटको लागि २२४ रनको साझेदारी भएको थियो ।
नेपालले २ विकेट रन आउटको रुपमा लिएको थियो भने सोमपाल कामीले ४९ औँ ओभरमा दुई विकेट लिएका थिए । सन्दिप लामिछाने र करण केसीले १/१ विकेट निकालेका थिए ।
0 comments:
Post a Comment