बुहारी पढाउँदै इलामको चुलाचुली गाउँपालिका

  • बिजयशेखर भट्टराई

इलाम, ६ भदौँः २०६१ सालमा एसएलसी पास गरेर अध्ययन छोडेकी कमला भट्टराई (ढुंगाना) १८ वर्ष पछि चुलाचुलीको जनता माध्यामिक विद्यालयमा कक्षा ११ मा भर्ना भएकी छन् । उनी गएको वर्ष देखी उच्च शिक्षा लिन विद्यालय जान थालेकी हुन् । कक्षा ११ मा उनी राम्रो अंकका साथ उत्तिर्ण समेत भएकी छन् । 
गाउँपालिकाले बुहारी शिक्षा शुरु गरे देखी इलाम चुलाचुलीकी कमला जस्तै अन्य बुहारीले समेत उच्च शिक्षा लिनपाएका छन् । बुहारीले पढ्न रहर गरे गाउँपालिकाले नै आर्थिक दायित्वलिने गरेको छ ।
इच्छा शक्ति भए गर्न सकिन्छ भन्ने नमुना उदाहारण समेत कमला भट्टराई  बनेकी छन् । उनी कक्षा कोठाबाट तेस्रो हुँदै उनीउत्तिर्ण भइन् । त्यसले पनि आफुमा सन्तुष्टि जागेको कमलाको भनाई छ । परिवारको साथ, विद्यालयको हौसला र समाजको समेत प्रेरणा मिलेको उनको भनाई छ ।


उनी भन्छिन, ‘बिबाहसँगै पढाई टुंगिएको महसुस भइरहेको थियो गाउँपालिकाले बुहारी शिक्षा शुरु ग¥यो अनी पढ्न आएँ ।’ बिहान घरको काम सकेर दिउँसो उनी कक्षा कोठामा बसेर शिक्षालिने गरेकी छन् । 
गाउँपालिकाले गएको वर्षदेखी ‘बुहारी शिक्षा’ शुरु गरेको हो । यो शिक्षा सुरुभए देखी बिबाहसँगै पढाई छोडेकाहरुलाई राहत भएको छ । कमला जस्तै अन्य पाँच जनाले हाल चुलाचुलीमा निःशुल्क अध्ययन गरिरहेका छन् । गाउँपालिका बाहिरबाट विवाह भइ आएका बुहारीहरुले उच्च शिक्षा लिन चाहेमा गाउँपालिकाले निःशुल्क रुपमा शिक्षादिने गरेको छ । 
यो शिक्षासँगै यहाँका बुहारीहरु समेत अध्ययनमा आउन थालेका छन् । पहिलो वर्ष नै गाउँ पालिकाभित्र पाँचजना बुहारीहरुले उच्च शिक्षा लिइ रहेको गाउँपालिका शिक्षा शाखाका प्रमुख राम मिश्रले बताए । उनले हालकक्षा ११ को भर्ना चलिरहेकाले यस वर्ष समेत बुहारीहरु भर्नाहुँदै गरेको बताए । 
स्थानिय सरकारले स्थानिय जनताका साना साना विकासका अपेक्षा पुरा गर्नु पर्दछ भन्ने बुझेर नै कार्यक्रमको थालनी गरिएको गाउँपालि काअध्यक्ष राजेन्द्र केरुङले बताए । उनले ठुला ठुला महलब नाउँदा मात्र विकास नहुने समाज शिक्षित बनाउन सके पनि ठुलो विकास हुने बताए । जनतालाई शिक्षित गराउनु नै पहिलो विकास भएको उनको भनाई छ । 
गाउँपालिकामा ‘बुहारी शिक्षा’, बिद्यालयलाई निःशुल्क बस वितरण, गाउँपालिकामा पढ्दै कमाउँदै कार्यक्रम सुरु भएसँगै गाउँपालिका अध्यक्ष केरुङको शिक्षा क्षेत्रमा नाम कहलिएको छ । 
उनले भने । ‘स्थानिय सरकारले जनताको प्रतक्ष पिरमर्का बुझेर कामगर्नु पर्दछ भन्ने राम्ररी बुझेको छु ।’ केरुङले गाउँपालिकामा जितेर आएपछि यो कार्यक्रम सुरु गरेकाहुन् । चुलोचम्कामा मात्र सिमित रहेका बुहारीहरुलाई शिक्षादिक्षा दिए मात्र परिवार शिक्षित र समृद्ध बन्ने भएकाले गाउँपालिकाले यो कार्यक्रम थालेको उनी बताउँछन् । 
गाउँपालिका भित्र रहेका बुहारीहरुले जनता माध्यमिक विद्यालय चुलाचुली २, बाल ज्योति माध्यमिक विद्यालय चुलाचुली ४, र राष्ट्रप्रेमी माध्यमिक विद्यालय चुलाचुली ६, फुङ्नाम गरी तीनवटा विद्यालयमा उच्च शिक्षालिने व्यवस्था गरिएको छ । 
घर ब्यवहारमा लागेर पढाईछोडेका महिलाहरु घरको कामसँगै अध्ययन गर्न आउन थालेसँगै गाउँपालिकाको यो कार्यक्रम समेत सफलबन्दै गएको छ । ६ वटा वडा रहेको यस गाउँपालिकामा जम्मा २० वटा सामुदायिक विद्यालय र ७ वटा निजि विद्यालयहरु सञ्चालित छन् ।  
गाउँपालिकाले जनता माध्यमिक विद्यालयमा बस समेत वितरण गरेको छ । यस बिद्यालयमा सिभिल इन्जिनियरिङको कक्षा समेत सञ्चालनमा रहेको छ । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment