७ भाद्र २०८०, बिहीबार
रौतहट । ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएपछि रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर १ तनावग्रस्त बनेको छ ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार बिहीबार दिउँसो बागमति चोकमा पश्चिमबाट पूर्व जाँदै गरेको ना ६ ख १५०० नम्बरको मालवाहक ट्रकले ठक्कर दिदा चन्द्रपुर १ का अन्दाजी ५५ वर्षीया बिमला कुमारी बिमलीको मृत्यु भएको हो ।
महिलाको मृत्युपछि आक्रोशित स्थानीयले ट्रकलाई नियन्त्रणमा लिएर आगजनी गरेका थिए । स्थानीयले ट्रकको ठक्करबाट घाइते भएर लडेकी महिलालाई ट्रकका चालकले व्याक गरेर किल्चिएर मारेको आरोप लगाएका छन् ।
उनीहरुले ट्रकको आगजनी नियन्त्रण गर्न गएको चन्द्रपुर नगरपालिकाको वरुणयन्त्र समेत स्थानीयले तोडफोड गरेर फिर्ता पठाइदिएका छन् । आक्रोशित स्थानीयले दमकलमा ढुङ्गा प्रहार गर्दा ना १ झ ६८८ नम्बरको उक्त दमकलको अगाडिको सिसा पूर्णरूपले फुटेको छ भने दमकल चालक कुमार बस्नेत समेत सामान्य घाइते भएका छन् ।
स्थानीय दोषी चालकलाई पक्राउ गर्नुपर्ने लगायतको माग राख्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । स्थानिय सन्दिप श्रेष्ठका अनुसार ठक्कर लागेर सामान्य अवस्था घाइते भएर सडकमा लडेकी बिमलीलाई व्याक गरेर किचेर मारेपछि स्थानियले आक्रोशित हुँदै आगजनी गरेर मृतकको लाश घटनास्थलमै राखेर राजमार्ग बन्द गरेका हुन् ।
राजमार्ग बन्द भएपछि अत्यावश्यक बाहेकका सवारीहरु चलेका छैन् । पूर्व पश्चिम राजमार्गको दुबैतर्फ सवारीको लामो लाइन बनेको छ । प्रदर्शकारीहरुले सवारी धनी सम्पर्कमा आएर क्षतिपूर्ति लगायतका कुराहरुमा सहमती नगरे सम्म बन्द नखुलाउने अडान लिएका छन् । अहिले सुरक्षा निकायका प्रतिनिधी र स्थानिय बीच प्रहरी चौकी पौराइमा बन्द राजमार्ग खुलाउने विषयमा वार्ता भइरहेको छ ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव उपरिक्षक एक नारायण कोइरालाका अनुसार ट्रकका चालक फरार भएका छन् भने सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

0 comments:
Post a Comment