३० श्रावण २०८०, मंगलवार
बिर्तामोड । झापाको चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था एक लाख राशिको ‘उत्कृष्ट लघुउद्यमशीलता विकास पुरस्कार–२०८०’ बाट पुरस्कृत भएको छ ।
लघुवित्त सदस्यहरुमाँझ उद्यमशीलता विकासमा उत्कृष्ट काम गरेवापत संस्थालाई स्वावलम्बन विकास केन्द्रले पुरस्कानर प्रदा गरेको हो । स्वावलम्बन विकास केन्द्रको ३२ औं वार्षिक उत्सवको असरमा आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले प्रमाणपत्र सहित पुरस्कार प्रदान गरे ।
एक लाख ६३ हजार भन्दा बढी सदस्य रहेको सहारा नेपाल साकोसमा २०८० असारमसान्तसम्म १ अर्व ६३ करोड १४ लाख ५२ हजार एक सय रुपैया शेयर पुँजी र १ अर्व ११ करोड २१ लाख ६६ हजार ८४० रुपैयाँ जगेडा कोष छ ।
१० अर्व ९७ करोड ९० लाख ४७ हजार २०१ रुपैया बचत संकलन तथा ११ अर्व २० करोड ५५ लाख ७७ हजार ५२५ रुपैया लगानी गरेको संस्थाले वित्तीय सेवाका अतिरिक्त शिक्षा, स्वास्थ्य, विपन्न परिवारको आवास निर्माण, उद्यमशिलता विकासलगायतका क्षेत्रहरुमा पनि काम गरिरहेको सहारा नेपालका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले बताए ।

0 comments:
Post a Comment