बिर्तामोड । बिर्ताबजारबाट लागूऔषध ब्राउन सुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिर्तामोड नगरपालिका–३ का रोसन राजबंशी र रोहित राजबंशीलाई प्रहरीले ४ ग्राम ५०० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार पक्राउ परेका राजबंशीहरुबाट ७६ हजार ३१५ रुपैंयाँ नगदसमेत बरामद भएको छ । प्रहरी चौकी बिर्ताबजारबाट परिचालित प्रहरीले उनीहरुलाई पक्राउ गरेकाे हाे ।
पक्राउ परेका दुबैजनालाई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसंधान गरिरहेको प्रहरीले जनाएको छ ।
0 comments:
Post a Comment