रोङमा रेविज लागेका कुकुर गाउँमा देखिए पछि सचेतना कार्याक्रम

  • गोबिन्द पौडेल 

रोङ ६ भदौः रेबिज लागेको सकास्पद कुकुर गाउमा देखिन थालेपछि सचेतना कार्यक्रम सञ्चालन गरिएको छ ।
रोङ छ को रम्भ्याङका बिगत केहिदिन अघि रेविजलागेको सकास्पद अज्ञात कुकुर देखिएपछि रोङ गाउपालिका पशु शाखाको आयोजनामा सरस्वती माध्यमिक विद्यालयमा सचेतना कार्यक्रम सञ्चालन गरिएको हो ।
रेविजबाट बच्न र बचाउन समुदायमा एकसाथ सचेतना गर्न बिद्यार्थीहरु मार्फत सुचना प्रवाह प्रभाबकारी हुने भएकोले रोङ पशु शाखा प्रमुख मिग्मा रिन्जी शेर्पा, पशु प्राबिधिक बद्रिगोपाल आचार्य सहितको टोलिले गाउ टोलमा देखिएको वर्तमान अवस्था, कुकुर पाल्दा ध्यान दिनु कुराहरु,रेबिजका लक्षण,उपचारको वारेमा अन्तरक्रिया भएको थियो । बिद्यालय आसपासमा बिगत केहिदिन याता र्‍याल चुहाउदै सकास्पद कुकुर हिडेको र उक्त कुकुरको लसपसमा परेका केहि कुकुरहरु मरेको स्थानिय आशिष प्रधानले बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment