झापाको बिर्तामोडमा एक व्यक्ति मृत अवस्थामा फेला

११ भाद्र २०८०, सोमबार 


बिर्तामोड । झापाको बिर्तामोडमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । मुक्तिचौक छेउमा रहेको प्रसाई सुपर मार्केट अगाडि एक व्यक्ति मृत अवस्थामा फेला परेका हुन् । उनी नाली (ड्रेन)भित्र मृत अवस्थामा भेटिएका छन् । नालीभित्र पानी जमेकाे र उनी त्यसमा पल्टिरहेकाे अवस्थामा एकाबिहानै भेटिएकाे हाे ।  घटनास्थलमा उनले प्रयोग गरेको साइकलसमेत भेटिएको छ । मृतकको पहिचान खुल्न सकेको छैन भने थप अनुसन्धान भइरहेको घटनास्थलमा रहेका प्रहरीले जनाएका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment