झापाबाट ५० ग्राम ब्राउन सुगरसहित ३ जना पक्राउ

११ भाद्र २०८०, सोमबार 


बिर्तामोड । झापा गाउँपालिकाबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरादह र उर्लाबारीका युवा छन् । सशस्त्र प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा मोरङ उर्लाबारी नगरपालिका ७ का २७ वर्षीय विनोद लिम्बू, सोही नगरपालिका १० का २६ वर्षीय सुरेश धिमाल र झापा गौरादह नगरपालिका ४ का २५ वर्षीय सन्देश लिम्बू रहेका छन् । 
सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डीएसपी तथा सूचना अधिकारी दिनेश कटुवालका अनुसार झापा १ बेलायतीबारीस्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट टाघनडुब्बाका इन्स्पेक्टर दिपेन्द्रमणि राईको कमान्डमा खटिएको सशस्त्र प्रहरीले टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 
आइतबार राति सवा ९ बजेको समयमा दुईवटा मोटरसाइकलमा सवार उनीहरूलाई शङ्का लागि चेकजाँच गर्दा ब्राउनसुगरजस्तो देखिने ५० ग्राम लिसाइलो पदार्थ, तीन थान मोबाइल र नगद ५१ हजार ८८५ रुपैयाँ फेला परेको थियो । सशस्त्रले प्रदेश १-०२-०४७ प ७०४२ र को २१ प १०४० नम्बरको मोटरसाइकल, ब्राउनसुगर र नगदसहित पक्राउ परेका तीनै जनालाई थप कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको जनाइएको छ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment