झापाकाे भद्रपुरबाट हराएकी बालिका निर्जला मृत फेला

११ भाद्र २०८०, 


भद्रपुर । भद्रपुरबाट एकाएक गायब भएकी बालिका मृत अवस्थामा फेला परेकी छन् । भद्रपुर नगरपालिका ९ प्रकाशपुर निवासी सोमनाथ सिग्देलकी ३ वर्षीया छोरी निर्जला मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनको शव घरदेखि ५०० मिटर दक्षिणतर्फको पक्की नालामा डुबेको अवस्थामा फेला परेको हो । 
घर नजिकै रहेको केदारेश्वर शिवालय मन्दिर आमाबुबाले छोरी निर्जलालाई सँगै भजन सुन्न लगेका थिए । मन्दिरभित्र आमाबुबा भजन सुनिरहेको बेला निर्जला बाहिर खेल्दै गर्दा सोमबार दिउँसो साढे १२ बजे एकाएक हराएकी थिइन । बालिकालाई कसैले लगेको भन्दै स्थानीयले होहल्ला गर्दै खोजी सुरु गरेका थिए । 
बालिका हराएको भन्दै सामाजिक सञ्जालमा उनको तस्बिर समेत भाइरल बनेको थियो । घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय झापालाई समेत खबर गरिएको थियो । 
बालिकाको खोजी गर्ने क्रममा साढे ३ घण्टापछि मन्दिर अगाडिको नालामा डुबेको अवस्थामा बालिकाको शव फेला परेको हो । मन्दिर अगाडिको नालामा बालिका खेल्ने क्रममा झरेर पानीले बगाउँदै ५०० मिटर परसम्म शव ल्याएको अनुमान गरिएको छ । बालिकाको शव फेला परेपछि प्रहरी टोली घटनास्थल पुगेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment