१२ भाद्र २०८०, मंगलवार
कृषि बीमाको सुरुवाती चरणमा बीमाको प्रिमियमको ५० प्रतिशत रहे पनि यसलाई प्रभावकारी बनाउन भन्दै सरकारले ८० प्रतिशत पुर्याएको छ । अर्थात, कृषि बीमा गरेबापतको ८० प्रतिशत रकम सरकारले तिरिदिन्छ । तर, बीमा सुरु गरेको एक दशक बित्दासमेत यो आम किसानको पहुँचमा पुग्न सकेको छैन । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक अनुसार कृषि बीमा कार्यक्रमको एक दशकमा १० अर्ब प्रिमियम संकलन हुँदा ५ अर्ब ९० करोड दाबी भुक्तानी भएको छ । तर, सम्पुर्ण कृषि बीमाको जिम्मा लिएको नेपाल बीमा प्राधिकरण भने अझै पनि आम किसानसामु कृषि बीमा पुग्न नसकेको जनाउँछ ।
१० वर्षको दाबी तथ्यांक
आर्थिक वर्ष २०७७/७८को तथ्याङक हेर्दा कृषिमा कुल जनसंख्याको ६०.४ प्रतिशत प्रत्यक्ष अप्रत्यक्ष रूपमा संलग्न रहेको छ । यो जनशक्तिले कृषिमार्फत् मुलुकको कूल गार्हस्थ उत्पादनको २४.९० प्रतिशत योगदान पुर्याएको छ । तर, कृषि तर्फको बीमा एक दशकमा जम्मा ७ प्रतिशतको हाराहारीमा छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार एक दशकमा पशू तर्फ ९५ प्रतिशत हाराहारीमा बीमा भएको छ । मन्त्रालयको अनुसार हालसम्म ७ अर्ब बढी सरकारी खर्च भएको छ तर यो रकम आम कृषक र दुर्गम क्षेत्रमा पुग्न सकेको छैन ।
नेपाल बीमा प्राधिकरणका अनुसार पशुपन्छी तर्फ १ अर्ब ५७ करोड ६ लाख ९६ हजार ५ सय ५२ रुपैयाँ र कृषि बीमा तर्फ २०७९/०८० को साउनदेखि बैशाखसम्म २० करोड ८२ लाख ४५ हजार ६ सय ९१ रुपैयाँ गरि कुल १ अर्ब ७७ करोड ८९ लाख ४२ हजार २ सय ४३ रुपैयाँ भुक्तानी बाँकी रहेको छ ।
- सुश्मिता वानिया

न्युज २४ नेपालबाट साभार गरिएकाे
0 comments:
Post a Comment