एसिया कपः नेपालको विश्वको नम्बर वन टीमसँगको भेट, नेपाल कति वलियो ?

  • विनय तिम्सीना

इलाम, १२ भदौँः नेपालको १७ सदस्य टोली अहिले एसिया कप २०२३ खेल्नको लागि पाकिस्तानमा रहेको छ । नेपालले भदौँ १३ गते एसिया कपको पहिलो खेल पाकिस्तानसँग खेल्दै छ । 
नेपाली टीमले अहिलेसम्म खेलेको प्रतियोगिता मध्येको सवै भन्दा ठूलो प्रतियोगिताको रुपमा एसिया कप रहेको छ । यसको तयारीमा जति जुट्नुपर्ने हो त्यति टोली नजुटेको देखिन्छ । अहिले सम्म जति पनि खेलहरु नेपाली टोलीले खेलेको छ सवै धेरै जसो खेले अफ्नो रेङ्कीङ भन्दा तलका टोलीहरु संग खेलेको छ यस अघि भएको एसीसी मेन्स इर्मेजिन प्रतियोगितामा पनि नेपली टोली मात्र सिनियर टोली रहेको थियो अरु सवै जुनीयर टोली संग नेपाल खेलेको छ ।  
पाकिस्तान अहिले एक दिवसिय विश्व क्रिकेटको एक नम्बर रेङकिङमा रहेको टिम हो । नेपाल भने १५ औँ नम्बरमा रहेको छ । नेपालको पाकिस्तान विरुद्धको खेलमा लगभग हार निश्चित जस्तै छ तर खेलहो जित निकाल्न पनि सकिन्छ । अहिले पाकिस्तानको कम्जोरीको कुरा गर्नेहो भने लगभग देखिदैन भर्रखरै भएको अफ्गानस्थानसँगका तीन खेलमा पाकिस्तानले दुई खेलमा जीत निकाल्न निक्कै संंघर्ष गर्नु परेको थियो तर उसको लोवर मिडल अडरले राम्रो व्याटिङ गर्दा जीत निकाल्न सफल भएको हो । नेपालको पछिल्ला ५ खेल हेर्नहो भने एकदमै आउटअफ र्फम रहेको छ । 
जतीखेल नेपालले आफ्नो होम कण्डीसमा खेलेको छ सवै राम्रो गरेको छ । तर देश बाहिर गए पछि खेल विग्रिएको छ । नेलको प्रमुख हतियार भनेको स्पीन वलिङ रहेको छ तर पाकिस्तानी व्याटरहरु स्पीन वलिङ खेल्नको लागि माहिर रहेका छन् नेपालको प्रमुख हतियारलाई निस्तेज पार्न उनिहरु तयार रहेको देखिन्छ । 
 नेपालका पूर्वकप्तान पारस खड्का भने यो नेपालको लागि एसिया कप खेल्ने अवसर भने गौरव गर्नु पर्ने अवसर भएको र यसको भरपुर सदुपयोग गर्नु पर्ने वताउँछन् । उनी भन्छन् मंगलबार हुन गइरहेको खेलमा नेपाली टीम र पाकिस्तानी टीमका कण्डीसन धेरै फरक हो । नेपाल जुन अवस्थाबाट यहाँ सम्म आएको छ त्यसलाई हामीले सम्मान गर्दै खेल भावनाको विकास गर्नु पर्छ । उनले भने खेलमा हार जीत हुन्छ हामीले हाम्रो साख जोगाएर लाने हो । अहिले नेपाली खेलाडी उत्साहित छन यसको सदुपयोग गर्नु पर्छ । 
नेपाल पाकिस्तानको खेलमा हर्नै पर्ने खेलाडीहरु
पाकिस्तानी व्याटर बाबर आजम एक दिवशिय क्रिकेटका व्याटिङ रेङ्कीङमा पहिलो नम्बरमा रहेका खेलाडीहुन उनी एक्लैले खेल जीताउने क्षमता राख्दछन् । उनले पछिल्ला १० खेलमा ४७ को औसतमा ४ सय ७२ रन बनाएका छन् उनको स्ट्यकरेट लगभग ८२को रहेको छ । 
त्यस्तै अर्का पाकिस्तनी व्याटर फकर जमान पनि विश्व क्रिकेटको ५ नम्बरको रेङ्कीङमा रहेका छन् । उनले पनि पछिल्ला १० खेलमा ५८ को औसतमा ५ सय २३ रन बनाएका छन् । अर्का पाकिस्तानी व्याटर इमाम उल हक पनि विश्व क्रिकेटको तेस्रो नम्बरको रेङ्कीङमा रहेका छन् । यि व्याटरहरु नेपालको वलिङ लाइनको लागि खतरा हुनेछन् । 
नेपालका व्याटरहरुमा कुशल भुर्तलले निक्कै जिम्मेवारी वहन गर्नु जरुरी देखिन्छ उनले पछिल्ला १० खेलमा ३० को औसमा २९७ रन बनाएका छन् । त्यस्तै अर्का व्याटर भिम सार्की हुन उनले १० खेलमा ३७ को औसतमा २५८ रन बनाएका छन् । कप्तान रोहित पैडेलको पनि पाकिस्तनसँगको खेलमा मुख्य जिम्मेवारी रहने छ टप अडर यदि फल्प भएका उनले खेल समाल्नु पर्ने देखिन्छ । 
बलरको कुरा गर्नेहो भने पाकिस्तनमा कोही भन्दा कोही कम छैनन् । पाकिस्तनको फास्टबलर र स्पीनर उतिकै दमदार रहेका छन् । एक दिवशिय रेङ्कीङमा ९ औँ नम्बरमा रहेका शाहिन शाह अफ्रिदीको पछिल्ला ७ खेलमा १४ विकेट लिएका छन् उनी नेपालको व्याटीङ लाईनको खतरा बन्न सक्छन् उने पेसको अघि नेपाली व्याटर निक्कै समाल्लीएर खेल्न जरुरी देखिन्छ । अर्का फास्ट बलर हरिस रउफ पनि उतिकै खतरा रहेका छन् उनले पछिल्ला ८ खेलमा १५ विकेट लिएका छन् । 
नेपाली बलरको कुरा गर्ने हो भने पहिलो रोजाईमा सन्दिप लामिछने पर्दछन् उनको लेग स्पिन खेल्न निक्कै मुस्किल हुने छ पाकिस्तानी व्याटरलाई तर सन्दिपले भने विश्वको विभिन्न ठाउँमा गएर खेल खेलेको कारण उनको वलिङको एनालाइसिस् गरेर उनी माथि पाकिस्तानी वलरले एट्यक गर्ने पनि सक्छन् । सन्दिपले पछिल्ला १० खेलमा १८ विकेट निकालेका छन् ।  नेपालका अर्का वलर ललित राजवंशी अहिले निक्के फर्ममा देखिएका छन् उनको वलिङ पाकिस्तानको लागि खतरा हुन सक्छ । नेपाली वलर करण केसी र सोमपाल कामीले पाकिस्तानविरुद्धको खेलमा महत्वपूर्ण भूमिका खेल्न जरुरी रहेको छ । 
एसिया कपको आयोजक राष्ट्र पाकिस्तान भए पनि भारतले पाकिस्तानमा खेल्न अस्वीकार गरेपछि अधिकांश खेलहरू श्रीलंकामा हुँदै छन । एसिया कपको पहिलो खेल नेपाल र पाकिस्तान बीच भदौ १३ हुनेछ ।
एसिया कपका प्रतिस्पर्धिहरु हेर्दा सवै भन्दा कमजोर टोलीको रुपमा नेपाललाई लिन सकिन्छ । एसिया कपमा अफगानस्ता, बंगलादेश, पाकिस्तन, श्रीलंका र भारत रहेका छन् । एसिया कपको भारत र पाकिस्तान प्रमुख दावेदार भनिए पनि साविक विजेता भने श्रीलंका रहेको छ । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment