एसिया कपः नेपाली टीम कति वलियो ? ठूलो प्रतियोगितामा पनि क्यानले अभ्यासमा दिदैन ध्यान

  • विनय तिम्सीना

नेपाल क्रिकेट संघ (क्यान)ले एसिया कप २०२३ का लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ । एसिया कपका लागि क्यानले रोहित पौडेलको कप्तानीमा १७ सदस्यीय टोलीको घोषणा गरेको हो । 
एसिया कपमा नेपाल समूह ‘ए’ मा छ भने सोही समूहमा भारत र पाकिस्तान पनि छन् । एसिया कपको मुख्य प्रतिस्पर्धा सुरु हुनुअघि नेपालले पाकिस्तानमा एक साता तयारी गर्ने छ । नेपालले पाकिस्तानको स्थानीय  टोलीसँग केही अभ्यास खेल खेल्ने क्यानले जनाएको छ  ।
एसिया कपको आयोजक राष्ट्र पाकिस्तान भए पनि भारतले पाकिस्तानमा खेल्न अस्वीकार गरेपछि अधिकांश खेलहरू श्रीलंकामा हुँदै छन । एसिया कपको पहिलो खेल नेपाल र पाकिस्तान बीच भदौ १३ हुनेछ ।
नेपाली टीमले अहिलेसम्म खेलेको प्रतियोगिता मध्येको सवै भन्दा ठूलो प्रतियोगिताको रुपमा एसिया कप रहेको छ । यसको तयारीमा जति जुट्नुपर्ने हो त्यति टोली नजुटेको देखिन्छ । अहिले सम्म जति पनि खेलहरु नेपाली टोलीले खेलेको छ सवै धेरै जसो खेले अफ्नो रेङ्कीङ भन्दा तलका टोलीहरु संग खेलेको छ यस अघि भएको एसीसी मेन्स इर्मेजिन प्रतियोगितामा पनि नेपली टोली मात्र सिनियर टोली रहेको थियो अरु सवै जुनीयर टोली संग नेपाल खेलेको छ ।  
एसिया कपका प्रतिस्पर्धिहरु हेर्दा सवै भन्दा कमजोर टोलीको रुपमा नेपाललाई लिन सकिन्छ । एसिया कपमा अफगानस्ता, बंगलादेश, पाकिस्तन, श्रीलंका र भारत रहेका छन् । एसिया कपको भारत र पाकिस्तान प्रमुख दावेदार भनिए पनि साविक विजेता भने श्रीलंका रहेको छ । 
अफ्गानस्तान पनि  सरप्राइस् प्याकेटको रुपमा रहेको छ एसियन पिचमा अफ्गानी स्पीनरको जादु चलेमा विश्व क्रिकेटमा राज गरिरहेका जुनसुकै टोलीलाई हराउने  क्षमता अफगानस्थानको रहेको छ । कुनै समय नेपाली टोलीसंग हार वेहोर्ने अफगानस्थान अहिले विश्व क्रिकेटमा एउटा राम्रो टोलीको रुपमा विकसित भई सकेको छ नेपाल भने अहिले पनि विभिन्न विवाद र खेल अभ्यासको कमिले जहाँको त्यही रहेको छ । 
नेपाली टीमका खेलाडिहरुलाई सेवासुसविधा देखि लिएर खेलाडीहरुको अनुशासन र खेल अभ्यासमा कमिको कारण नेपाली क्रिकेटले अझैपनि गति लिन नसकेको हो । 
नेपाली टीममा कुन खेलाडीको अवस्था कस्तो ? (पछिल्ला ५ खेलः एकदिवशिय तथा लिस्ट ए)
रोहित पौडेल (कप्तान)
नेपाली टीमका कप्तान रोहित पौडेलले २०१८ अगस्ट ३ मा नेदरल्यण्ड विरुद्ध नेपाली टीममा डेव्यु गरेका हुन । उनले हाल सम्म ५२ एकदिवशिय खेल खेलेका छन् । उनले १ हजार ४ सय ६९ रन बनाएका छन् भने उनको औसत लगभग ३२ रहेको छ उनले १ सतक र ८ अर्धसतक लगाएका छन् भने उनको अधिक्तम स्कोर १२६ हो । उनले अन्तिम ५ खेलमा २२ को औसतमा एक सय ११ रन मात्र बनाएका छन् उनको उच्चतम स्कोर ६५ मात्र रहेको छ ।  उनी अहिले त्यति राम्रो लयमा रहेका छैनन् । 
अरिफ शेख
व्याट्समेन अरिफ शेख २०१८ अगस्ट १ मा नेदरल्यण्ड विरुद्ध नेपाली टीममा डेव्यु गरेका गरेका हुन । उनले हाल सम्म नेपालको लागि ४७ वटा एकदिवशिय खेल खेलेका छन् । उनले २५ को औसतमा ८ सय ७८ रन बनाएका छन् उनको उच्चतम स्कोर ६६ हो भने उनले ६ वटा अर्धसतक लगाएका छन् । उनले अन्तिम ५ खेलमा २० को औसतले ८० रन बनाएका छन् उनको उच्चतम स्कोर ६३ रहेको छ । यो आंकडाले उनी पनि नेपाली टोलीमा र्फममा नभएका खेलागीको रुपमा लिन सकिन्छ । 
आसिफ शेख (विकेटकिपर)
आसिफ शेखले २०२१ सेक्टेम्बर ७ मा पपुवान्युगिनी विरुद्ध नेपालका लागि डेव्यु गरेका थिए । उनले हाल सम्म नेपालको लागि ४१ खेलमा १ हजार १ सय ८७ रन बनाएका छन् । उनले ३१ को औसतमा १ सतक र ९ अर्धसतक बनाएका छन् भने उनको उच्चतम स्कोर ११० हो । उनले पछिल्ला ५ खेलमा १२ को औसतले ५९ रन मात्र बनाएका छन् भने उनले कुनै पनि स्ट्यम्पिङ गरेका छैनन २ वटा क्याच गरेका छन् । यसरी उनका पछिल्लो प्रदर्शन हेर्नेहो भने टीममा पर्न लायक छैनन् । 
दिपेन्द्र सिंह ऐरी 
व्याट्समेन दिपेन्द्र सिंह ऐरीले २०१८ अगस्ट १ मा नेदरल्यण्ड विरुद्ध नेपाली टीममा डेव्यु गरेका गरेका हुन । उनले हाल सम्म नेपालको लागि ५० वटा एकदिवशिय खेल खेलेका छन् । उनले १९ को औसतमा ८ सय ५७ रन बनाएका छन् । उनको अधिकतम स्कोर १०५ हो भने उनले १ सतक र ३ अर्धसतक बनाएका छन् ।  उनले वलिङ तर्फ ३६ विकेट लिएकाछन् भने उनको वेस्ट फिगर ३÷१८ हो । उनीले पछिल्ला ५ खेलमा ४८ को औसतमा १४५ रन बनाएका छन् भने ४ विकेट लिएका छन् । उनको सर्वाधिक स्कोर ७९ नटआउन रहेको छ । उनको अहिलेको प्रदर्शन भने सन्तोष जनक रहेको छ । उनी राम्रो लयमा रहेका खेलाडी हुन । 
कुशल भुर्तेल
व्याट्समेन कुशल भुर्तेलले २०२१ सेक्टेम्बर ७ मा पपुवान्युगिनी विरुद्ध नेपालका लागि डेव्यु गरेका हुन । उनले नेपालका लगि ४४ खेल खेलेका छन् । उनले २३ को औसतमा ९ सय ८६ रन बनाएका छन् उनको नामा १ सतक र ६ अर्धसतका रहेको छ भने उनको उच्चतम स्कोर ११५ हो । उनले वलिङ तर्फ ४ विकेट लिएका छन् । उनको पछिल्ला ५ खेलमा २३ को औसतमा ११५ रन बनाएका छन् भने ६ विकेट लिएका छन् । पछिल्लो समयमा उनको प्रदर्शन मध्यम रहेको छ । 
अर्जुन साउद (विकेटकिपर) 
विकेटकिपर व्याट्समेन अर्जुन साउद २०२२ नोवेम्बर १४मा युएई विरुद्धको खेलमा नेपालका लागि डेव्यु गरेका हुन । उनी व्याकप विकेटकिपरको रुपमा नेपाली टीममा समावेस भएका छन् । उनले नेपालका लागि ९ खेलमा १९ को औसतमा १७४ रन बनाएका छन् । उनको नाममा १ अर्धसतक रहेको छ । उनको पछिल्ला ५ खेलमा १६ को औसतमा ६६ रन बनाएका छन् । उनले ३ स्ट्याम्पीङ र ४ क्याच लिएका छन् । 
भिम सार्की
व्याट्समेन भिम सार्कीले २०२२ मार्च २२ मा पपुवान्युगिनी विरुद्धको खेलमा नेपालका लागि डेव्यु गरेका हुन । उनले १९ खेलमा ३५ को औसतमा ४५२ रन बनाएका छन् । उनले ३ अर्धसतक बनाएकाछन् भने उनको सर्वाधिक स्कोर ७७ हो । पछिल्ला ५ खेलमा उनले ९ को औसतमा ४७ रन बनाएकाछन् । उनको सर्वाधिक स्कोर २२  रन रहेको छ । पछिल्लो स्कोरकार्ड हेर्दा उनी टिममा पर्न लायक देखिदैनन् । 
करण केसी
टिममा अलराउण्डरको रुपमा रहेका फास्ट वलर करण केसीले २०१८ अगस्ट १ मा नेदरल्यण्ड विरुद्ध नेपाली टीममा डेव्यु गरेका गरेका हुन । उनले हाल सम्म नेपालको लागि ४६ वटा एकदिवशिय खेल खेलेका छन् । उनले नेपालको लागि ७७ विकेट निकालेका छन् भने उनको वेस्ट फिगर ५/३३ हो । उनले ३ पटक ५ विकेट निकालेका छन् भने ५ पटक ४ विकेट निकालेका छन् । उनले व्यटिङ तर्फ १४ को औसतमा ३४९ रन बनाएका छन् । उनको सर्वाधिक स्कोर ४२ रन रहेको छ  ।  पछिल्ला ५ खेलमा उनले १२ विकेट निकोलेका छन् भने उनको ४/३३ वेस्ट फिगर हो । व्याटिङमा उनले ११ को औसतमा ३३ रन बनाएका छन् । पछिल्लो समय उनको प्रदर्शन राम्रो रहेको छ । 
कुशल मल्ल
व्याटिङ अलराउण्डर कुशल मल्लले २०२० फेवेवरी ८ मा युएई विरुद्धको खेलमा नेपाली टीममा डेव्यु गरेका हुन । उनले नेपालका लागि २७ खेलमा २७ को औसतमा ६ सय २६ रन बनाएका छन् । उनको सर्वाधिक स्कोर १०८ हो भने उनले १ सतक र ४ अर्धसतक बनाएका छन् । उनले वलिङ तर्फ १८ विकेट लिएका छन् उनको वेस्ट फिगर २/६ रहेको छ । उनले पछिल्ला ५ खेलमा १९ को औसतमा ७५ रन बनाएका छन् उनको सर्वाधिक स्कोर ४४ हो । उनले २ विकेट पनि निकालेका छन् । उिनको पछिल्लो समय मध्यम प्रदर्शन रहेको छ । 
प्रतिश जिसी
वलिङ अलराउण्डर प्रतिश जिसीले २०२३ फेवेवरी २७ मा पवुवान्युगिनी विरुद्धको खेलमा नेपाली टीममा डेव्यु गरेका हुन । उनले २ विकेट लिएका छन् भने ११ रन बनाएका छन् । उनको अहिलेको प्रर्दशन हेर्दा पनि ५ खेलमा २ विकेट लिएर ११ को औतमा ३४ रन बनाएका छन् । उनी वलिङ व्याटीङ दुवैमा चलेका छैनन उनलाई टीममा लिनुमा उनको प्रदर्शनलाई हेरीएको छैन । 
सोमपाल कामी 
फास्ट वलिङ अलराउण्डर सोमपाल कामीले २०१८ अगस्ट १ मा नेदरल्यण्ड विरुद्ध नेपाली टीममा डेव्यु गरेका गरेका हुन । उनले हाल सम्म नेपालको लागि ४७ वटा एकदिवशिय खेल खेलेका छन् । उनले अहिले सम्म नेपालका लागि ६३ विकेट लिएका छन् उनको वेस्ट फिगर ५/३३ हो । उनले एक पटक ५ विकेट र एक पटक ४ विकेट लिएका छन् । व्याटिङ तर्फ उनले २१ को औसतमा ४ सय ७८ रन बनाएका छन्, उनको सर्वाधिक स्कोर ६३ रन हो । उनको नाममा २ वटा अर्धसतक रहेको छ । पछिल्ला ५ खेलमा उनले ७ विकेट लिएका छन् भने वेस्ट फिगर ५/५७ रहेको छ । उनले ३६ को औसतमा १०८ रन बनाएका छन् उनको सर्वाधिक स्कोर ७५ रहेको छ । नेपालका लागि उनी महत्वपूर्ण खेलाडी हुन । 
गुल्सन झा
मिडियम प्रेसर वलर गुल्सन झाले २०२१ सेक्टेम्बर १७ मा युएसए विरुछको खेलमा नेपाली टोलीमा डेव्यु गरेका हुन । उनले नेपालको लागि २२ खेलमा २१ विकेट लिएका छन् । उनको वेस्ट फिगर ३/२८ हो । उनले व्याटीङमा पनि राम्रो योगदान गरेका छन् उनले ३५ को औसतमा ४५२ रन बनाएका छन् भने उनको सर्वाधिक स्कोर ६७ हो । उनले ३ वटा अर्धसतक पनि वनाएका छन् । उनले पछिल्ला ५ खेलमा २ विकेट मात्र लिएका छन् भने व्याटिङमा ३३ को औसतमा १३१ रन बनाएका छन् । 
सन्दिप लामिछाने 
नेपालका मेन वलरको रुपमा रहेका स्पीनर सन्दिप लामिछाने नेपालका धेरै अनुभवी वलरहुन । उनले २०१८ अगस्ट १ मा नेदरल्यण्ड विरुद्ध नेपाली टीममा डेव्यु गरेका गरेका हुन । उनले हाल सम्म नेपालको लागि ४९ वटा एकदिवशिय खेल खेलमा १११ विकेट लिएका छन् । उनको वेस्ट फिगर ६/११ हो । उनले ३ पटक ५ विकेट र ८ पटक ४ विकेट लिएका छन् । उनले व्याटीङमा १५ को औसतमा ३ सय ६७ रन बनाएका छन् उनको सर्वाधिक स्कोर ३५ रन हो । उनले पछिल्ला ५ वटा एक दिवशिय खेलमा ६ विकेट लिएका छन् । व्याटीङमा २४ को औसतमा ७३ रन बनाएका छन् । 
ललित राजवंशी
वलर ललित राजवंशीले २०१९ जनवारी २५ मा युएई विरुद्धको खेलमा नेपाली टीममा डेव्यु गरेका हुन । उनले नेपालका लागि २१ खेलमा २८ विकेट लिएका छन् । उनको वेस्ट फिगर ५/२० हो । उनले १ पटक ५ विकेट लिएका छन्,  भने २ पटक ४ विकेट लिएका छन् । उनले पछिल्ला ५ खेलमा ६ विकेट लिएका छन् । उनको पछिल्लो समय प्रदर्शन त्यती उत्कृष्ट रहेको छैन । 
सन्दीप जोरा
व्याटर सन्दिप जोराले नेपालका लागि ५ खेलमा ११ को औसतमा ५६ रन बनाएका छन् उनको सर्वाधिक स्कोर २८ रहेको छ ।
किशोर महतो 
किशोर महतोले पनि नेपालका लागि २ वटा खेल खेलेका छन् उनले २ खेलमा नट आउट १ रन र २ विकेट लिएका छन् ।  
मौशम ढकाल
स्पीन वलर मौशम ढकालले नेपाल डेव्यु गरेका छैनन् । उनले एकमात्र लिस्ट ए खेल युएई विरुद्ध खेलेका छन् । उनले सो खेलमा २ विकेट लिएर ४४ रन दिएका थिए । उनीलाई सन्दिप लामिछानेको को विकल्पमा टीममा समावेस गरिएको हो ।  
यसरी माथि उल्लेखित टोलीमा परेका खेलाडीहरुको प्रोफायल अध्यन गर्दा धेरै खेलाडीहरु अउट अफ फर्म रहेका छन् । लगातार टोलीमा पर्दा पनि राम्रो प्रदर्शन गर्नसकि रहेका छैनन् त्यसैले उनीहरुको लागि यो एसिया कप नै अन्तिम मौका हुन सक्छ । 
नेपाली टिम
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद, श्याम ढकाल रहेका छन् ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment