झापामा स्कूलबसको ठक्करबाट एकै परिवारका चारै जना घाइते

 ३ भाद्र २०८०, आईतवार 


झापा । स्कूलबसको ठक्करबाट झापामा आज चार जना घाइते भएका छन् । वुद्धशान्ति गाउँपालिकामा रहेको कर्णाली एजुकेशन फाउन्डेसनको बसले ठक्कर दिंदा चार जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक यम खड्काले जानकारी दिनुभयो ।
घाइतेमध्ये एकजनाका अवस्था गम्भीर रहेको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते हुनेहरुमा सोही ठाउँकी ८ बर्षीया बालिका समिक्षा बस्नेत, उनका बाबु खड्ग बस्नेत, उनकी आमा रीता बस्नेत र ५ बर्षीय बालक सन्दीप बस्नेत रहेका छन् ।
बुद्धशान्ति गाउँपालिका वडा न ३ को प्रणामी मन्दिर नजिकै भएको दुर्घटनामा ८ बर्षीया बालिका समिक्षाको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते बालिकाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
जयपुर बुधबारे सडक खण्डमा पश्चिमबाट बूर्व तर्फ जाँदै गरेको मे १ क ८६० नम्बरको कर्णाली एजुकेशन फाउण्डेसनको स्कूल बसले सोही दिशा तर्फै जाँदै गरेको साईकललाई ठक्कर दिदा दुर्घटना भएको थियो ।
दुर्घटनामा संलग्न बस र सोही ठाउँ निवासी चालक मदन घिमिरेलाई प्रहरी नियन्त्रणमा लिएको जनाएएको छ । बस चालकको लापरवाहीका कारण दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment