इलाम, ३ भदौँः इलामको ठूलो टुँडिखेलमा भएको तीन खेलको टी–ट्वान्टी सिरिज २–१ को जीत निकाल्दै बोस्जन क्रिकेट एकेडेमी झापाले आफ्नो नाममा गरेको छ । आइतबार भएको तेस्रो खेलमा इलामको इलाम क्रिकेट एकाडेमी फोर यु, इलामलाई ७ विकेटले हाराउँदै सिरिज जितेको हो । यस अघि भएका पहिलो खेलमा झापको जीत भएको थियो भने दोस्रो खेलमा इलामको जीत भएको थियो ।
तेस्रो खेलमा टस जितेर बैटिङ्ग रोजेको इलामले निर्धारित २० ओवरमा सवै विकेट गुमाउँदै १३८ रन बनाएको थियो । १३९ रनको लक्ष्य पाएको इलामले ३ विकेटको क्षतिमा १७.२ ओभरमा जीत निकालेको हो ।
इलामले पहिले व्याटिङ गर्दै दिपेश कुँवरको ४३ रनको मध्तमा १३८ रन बनाएको हो । जसमा पवन सुवेदीले २७ रन र सुशान्त सापकोटाको १८ रन बाहेक अन्य खेलाडीले राम्रो व्याटीङ गरेनन् । वलिङ तर्फ झापाका वलर दिपु भुजेलले ४ विकेट लिएका थिए ।
१३९ रनको लक्ष्य पछियाएको झापाको लागि दिपु भुजेलको ६२ रनको मद्दतमा जीत निकालेको हो । वलिङ तर्फ इलामका सगुन खत्री, दिवस खडका र सुशान्त सापकोटाले १/१ विकेट लिएका थिए । आजको खेलको मेन अफ दि म्याज दिपु भजेल भएका छन् । प्रतियोगीताको मेन अफ दि टुर्नामेन्ट पनि दिपु भुजेल भए ।
0 comments:
Post a Comment