मेची नदीमा डुबेर एक बालकको मृत्यु

 3 भाद्र २०८०,

झापा । मेची नदीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
डुबेर मृत्यु हुनेमा भद्रपुर नगरपालिका- ६ स्थित भानुनगर निवासी विनोद महतोको १३ वर्षीय छोरा शिव महतो रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बालक महतो अन्य दुईजना साथीहरूसँगै शनिबार दिउँसो ३ मेची नदीमा पौडी खेल्न गएका थिए ।
भद्रपुर नगरपालिका- ५ देवीबस्तीको तटबन्ध नजिकै पौडी खेल्ने क्रममा महतो पानीको गहिरोमा भाग्न डुबेको र उनको घटनास्थलमै मृत्यु भएको थियो ।
उनीसँगै अर्को बालक पनि डुबी रहेको स्थानीयले देखेपछि उनलाई तत्काल उद्धार गरेका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment