इलामको जीत संगै ३ खेलको सिरिज एक एकको बराबरीमा

इलाम, २ भदौँः इलामको ठूलो टुँडिखेलमा भईरहेको तीन खेलको सिरिजको दोस्रो खेलमा टस जितेर बैटिङ्ग रोजेको बोस्जन क्रिकेट एकेडेमी झापाले निर्धारित २० ओवरमा ५ विकेटको क्षतिमा १५७ रन बनाएको थियो । १५८ रनको लक्ष्य पाएको  इलामले ६ विकेटको क्षतिमा १८.५ ओभरमा जीत निकालेको हो । 


पहिले व्याटिङ गर्दै झापले अलोक मण्डलको ४६ रन दिपु भुजेलले ३२ रनको मद्दतमा १५६ रन बनाएको थियो । वलिङ तर्फ इलामका सगुन खत्री र रोशन वोहोराले समान २/२ विकेट निकालेका थिए भने सुशान्त सापकोटाले १ विकेट लिएका थिए ।

इलामका लागि १५८ रनको लक्ष्य प्राप्तीको लागि प्रज्वल खत्रीले सर्वाधिक ६९ रन बनाएका थिए । उनले २८ वलको सामाना गर्दै ४ छक्का र १० चौका सहितको नटआउट पारी खेलेका थिए । इलामका रोशन वोहोराले ३५ रन बनाएका थिए । 

वलिङ तर्फ झापाका वलर दिवस खडका  र एलिस मण्डलले समान २/२ विकेट लिएका थिए । आजको खेलको मेन अफ दि म्याज प्रज्वल खत्री भएका छन् । सिरिजको अन्तीम खेल सोमबार इलामको ठूलो टुँडिखेलमा हुने छ । एक एकको बराबरीमा रहेको सिरीज सोमबारको खेलमा जीत निकाल्ने टीमको नाममा रहने छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment