दमकबाट ६ टन अस्वस्थ माछा बरामद

८ आश्विन २०८०, सोमबार 


दमक । झापाको दमकमा धेरै चलेको अम्बिका माछा फ्राइमा दमक नगरपालिकाको अनुगमन टोलीले अनुगमन गरेर ६ टन अस्वस्थ माछा बरामद गरेको छ । दमक नगरपालिका उपप्रमुख एवं अनुगमन समिति संयोजक रेगिना भट्टराई प्रसाईका अनुसार अति नै फोहोर तवरले डिफ्रिजमा माछा राख्ने गरेको, भारतबाट फर्मालिन लगाएको, मरेको माछा भेटिएको बताइन् । उनका अनुसार सरसफाइमा ध्यान नदिएको पाइएको छ । ‘हामीले करिब ६ टन माछा जफत गरेर नष्ट गरेका छौं’, उनले भनिन् । 


अन्य माछा पसलमा समेत अनुगमन गरिएको थियो । अनुगमन टोलीले अनुगमन सुरु गरेपछि भारतबाट ल्याएर माछा बिक्री गर्ने होटल तथा व्यापारीले हतार-हतार माछा लुकाएको बताइन्छ । ‘हामी भारतबाट आयातित प्रतिबन्धित र खान अयोग्य तथा फर्मालिन लगाइएका माछा बिक्रीलाई निरुत्साहित गर्न नियमित बजार अनुगमन गर्छौ’, उनले भनिन् । नगरपालिकाले मापदण्ड पूरा गरेर नेपाली माछा बिक्री गर्न व्यवसायीलाई निर्देशन पनि दिएको छ ।

 नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश कार्कीका अनुसार मानव स्वास्थ्यमा प्रतिकूल हुने किसिमले माछा विक्री बितरण गरेको पाइएकाले यहाँ रहेका सबै माछा जफत गरिएको हो । दमकमा सबैभन्दा चलेको र पुरानो माछा फ्राइ होटलको रुपमा प्रख्यात रहेको स्थलमा अनुगमनका लागि उपप्रमुख भट्टराईसहित इलाका प्रशासन कार्यालय दमकका प्रमुख महेशराज तिम्सिना, इलाका प्रहरी कार्यालय दमकका प्रमुख मनोज लामालगायतको टोली पुगेको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment