घरको छतबाट खसेर २२ महिने बालकको ज्यान गयाे

असोज ९, २०८० मंगलबार 


काठमाण्डाै - तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा घरको छतबाट खसेर २२ महिने बालकको ज्यान गएकाे छ ।

ज्यान गुमाउनेमा मनिष सापकोटा रहेका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

घरको छतमा खेल्दै गरेको अवस्थामा खसेका उनको उपचारका क्रममा हिजाे पोखरामा ज्यान गएकाे हाे । तत्कालै उनलाई दमौली अस्पतालमा प्राथमिक उपचारपछि पोखरा पठाइएको थियो । 

घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिनुभयाे । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment