झापा । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित फेरि एक जना भारतीय महिला पक्राउ परेकी छन् । शुक्रबार दिउँसो ३ः३० बजे उनलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार भद्रपुर नगरपालिका वडा नं ५ स्थित मेची पुलमा भारतबाट नेपालतर्फ आउँदै गरेकी पैदलयात्री भारतको उत्तर दिनाजपुर जिल्ला, दलखोला शिखरपुर घर भई हाल झापा अर्जुनधारा नगरपालिका वडा नं ६ स्थित महानन्द चोकमा डेरा गरी बस्ने २८ वर्षीया सन्जरी खातुन पक्राउ परेकी हुन् । प्रहरी बिट मेची पुल र सशस्त्र प्रहरी बल बीओपी भद्रपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले रोकी चेकजाँच गर्दा उनको साथबाट ६ ग्राम ४०० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान भइरहेको डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।
मेची पुलमा ब्राउन सुगरसहित भारतीय महिला पक्राउ

0 comments:
Post a Comment