इलाम, १२ असाेजः कोशी प्रदेश प्रहरी कार्यालय बिरानगरले गुनासो व्यवस्थापनको लागि QR Code को प्रयोग सार्वजनिक गरेको छ ।
इलाममा पनि QR Code प्रयोग गरेर गुनासो तथा सुझाप राख्न सकिने छ ।QR Code जिल्ला प्रहरी कार्यालय इलाम, इलाका प्रहरी कार्यालयहरु, प्रहरी विटहरुमा साथै नगरपालिका, गाउँपालिका र प्रत्येक वडा कार्यालयमा समेत राखिने जिल्ला प्रहरी कार्यालय इलामले जानकारी गराएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा असोज ९ गते एक कार्यक्रमको आयोजना विच संगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले कोशी प्रदेश प्रहरीको QR Code को प्रयोग सम्वन्धि कार्यविधि २०८० सार्वजनिक गर्नु भएको हो ।
QR Code को सार्वजनिक गर्नु हुँदै संगठन प्रमुख कुँवरले प्रविधिको दुरुपयोग गरी आपराधिक क्रियाकलाप बढ्दो क्रममा रहेको उल्लेख गर्दै प्रहरीलाई दक्षता अभिबृद्धि गरी प्रविधिमा अब्बल बनाई नयाँ नयाँ प्रविधि समेत भित्र्याउनु पर्ने बताउनु भयो ।
उजुरी पेटीकाको Digital संस्करणको रुपमा प्रदेश प्रहरी कार्यालय बिराटनगरले QR Code प्रयोगमा ल्याएको हो । आम सेवाग्राहीहरूको हितलाई मध्यनजर गरी प्रहरीले प्रदान गर्ने सेवामा कुनै गुनासो, पीरमार्का या कैफियत भएमा सिधै QR Code मार्फत सम्बन्धित जिल्लाका जिल्ला प्रहरी प्रमुख समक्ष सेवाग्राहीले आफ्नो भनाई राख्न वा उजुरी गर्न सक्ने छन ।
उक्त QR Code कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय ईटहरी, विशेष सुरक्षा गण दुहवी, कोशी प्रदेश सशस्त्र प्रहरी गण बिराटनगर र १४ वटै जिल्ला प्रहरी कार्यालयहरुमा कार्यान्वयनमा ल्याएको र ईलाका प्रहरी कार्यालय तथा चौकी स्तर सम्म एक महिना भित्र सर्वसाधारणको सहजै पहुँच हुने उपयुक्त स्थानमा राखी कार्यान्वयनमा ल्याई सकिनेछ ।

0 comments:
Post a Comment