- गणेश अर्याल
शोक सभामा बोल्ने बत्ताहरुले २०७२ सालमा नेपालको सबिधान जारी गर्नमा नेम्बाङको भूमिका देश भित्र र देश बाहिर सम्म प्रशसायोग्य रहेकोमा जोड दिए । हाल सम्म कुनै पनि बिबादमा नमुछिएको र बोल्दा शब्द तौलिएर बोल्ने नेम्बाङको खुबी रहेको पनि बत्ताहरुले बताए । यसरी आ–आफ्नो धारणा राख्नेहरुमा एमाले नेताहरु युवराज खाप्तुवा, नानु तामाङ रनबहादुर गुरुङ उपेन्द्र न्यौपाने, राजकुमार लाप्चा खड्ग आलेमगर लगायत रहेका थिए ।
उनीहरुले स्वर्गीय नेम्बाङको जिवनी तथा नेम्बाङले नेपाली राजनीतिमा पु¥याएको योगदानको बारेमा पनि चर्चा गरेका थिए । पार्टी कार्यालय भालुझोडामा आयोजित शोक सभामा एमालेका कार्यकर्ता तथा शुभेच्छुकहरुको उपस्थिति रहेको थियो । यसैबिच एमाले रोङको पार्टी कार्यालयमा आगामी तीन दिन सम्म शोक पुस्तिका राखिने एमाले रोङका सचिब बिरबहादुर लाप्चाले जानकारी दिएका छन् । एमाले उपाध्यक्ष नेम्बाङको मगलबार हृदयघातबाट काठमाण्डौमा निधन भएको थियो ।
0 comments:
Post a Comment