- गोबिन्द पौडेल
आफुसग भएको सिपलाई उचित ज्यालामा साट्न नसकिने साथै उध्यम गर्न पुजि नहुने समस्यामा रहेकाहरु बिदेशमा गएर अलिकति पुजि जम्मा गरेर स्वरोजगार बन्न सक्छन् भन्ने उदहारण बनेका छन् रोङ ६ का युवा नेत्र प्रधान ।
दश बर्ष अघि रोजगारीको खोजिमा साउदी अरव पुगेका प्रधान करिव चारबर्ष उतै बसेका थिए ।साउदीबाट फर्किएपछि उनी सूर्योदय नगरपालिकाको छिपिटारमा होटल ब्यवसाय गर्न थाले ।शुरुमा घर भाडामा लिएर होटल थालेका प्रधानको शिपले धेरै ग्राहकलाई खिच्न थाले ।उनको यहि सिपको कारण एकपटक उनको होटलमा खाना र खाजा खाएका ग्राहकहरु पटक पटक आउन थाले ।
सुर्योदय नगर पालिका छिपिटारमा रहेको होटल निगम एण्ड लज सचालन गरेका प्रधानको होटलमा आफु सगै अन्य दुईजनालाई रोजगार पनि दिएका छन् । बिदेशमा काम गर्नु सजिलो छैन,तर पनि बिभिन्न अभावले जानै पर्दो रहेछ ।यहा सुलभ तरिकाले कर्जा पाईदैन सिप भएर पनि रोजगार र स्वरोजगार बन्न नसकिदो रहेछ ,बिदेशमा जति खट्ने हो र सहज ऋणको ब्यवस्ता हुने हो भने हाम्रो ठाउमा अनेकन सभावना रहेको छ प्रधानले बताए ।
अहिले आफ्नै सानो घर बनाएर होटल सचालन गरिरहेको उनि बिस्तार गर्ने योजनामा रहेको बताएपनि अहिले मन मात्रै भएको बताउछन् ।
युवाले प्रधानको जस्तो सोच राखे दिनहु हजारौ युवा बिदेशिनु नपर्ने अनि फर्किएर स्वरोजगार बन्न सकिने निशिचत छ तर उद्धम गर्न चाहनेहरुको लागि सरकारको सहयोग र प्रोत्साहन पनि चाहिने लामो समयदेखी पर्यटनको क्षेत्रमा कलम चलाउने अग्रज पत्रकार जिवन शर्मा वताउछन
0 comments:
Post a Comment